BIZMANDU
www.bizmandu.com

आइफोन १३ लन्च गरेको महिना दिनमै एप्पलको विशेष इभेन्ट, नयाँ म्याकबुकदेखि चिप आउन सक्ने!

२०७८ असोज २७

आइफोन १३ लन्च गरेको महिना दिनमै एप्पलको विशेष इभेन्ट, नयाँ म्याकबुकदेखि चिप आउन सक्ने!
आइफोन १३ लन्च गरेको महिना दिनमै एप्पलको विशेष इभेन्ट, नयाँ म्याकबुकदेखि चिप आउन सक्ने!


काठमाडौं। पछिल्लो समय एप्पलले नयाँ म्याकबुक मोडल लन्च गर्ने चर्चा इन्फोटेक बजारमा छ। एप्पलले अक्टोबर १८ अर्थात् कात्तिक १ मा विशेष कार्यक्रमका लागि निम्ता पठाएको छ। 

Tata
GBIME
Nepal Life

भर्चुअल माध्यमबाट हुने यो कार्यक्रम आइफोन १३ सिरिज सार्वजनिक भएको एक महिनाको अवधिमा हुँदैछ। उक्त समारोहमै एप्पलले दुई वटा म्याकबुक मोडलसँगै एम१ एक्स् प्रोसेसर सार्वजनिक गर्ने चर्चा चुलिएको छ। 

एप्पलले गत वर्ष एम१ प्रोसेसर जडित म्याक मिनि, म्याकबुक प्रो र म्याकबुक एयर सार्वजनिक गरेको थियो। साथै, सोही प्रोसेसर भएको २४ इन्च आइम्याक पनि एप्पलले सार्वजनिक गरिसकेको छ।

नयाँ एम१ चिपले ६४ जीबी र्‍याम सपोर्ट गर्ने अनुमान गरिएको छ। अहिले एम१ चिपले जम्मा १६ जीबी र्‍याम सपोर्ट गर्ने गर्छ। हार्डवेयरको हकमा म्याकबुक मोडलहरुमा टचबार केही परिवर्तन हुने अनुमान गरिएको छ। म्याकबुकमै एसडी कार्ड रिडर र एचडीएमआइ पोर्टसमेत आउने चर्चा चलेको छ।