BIZMANDU
www.bizmandu.com

चाडपर्वको बजार अनुगमन: २५ दिनमा २३ लाख जरीवाना, २६१ व्यवसायिक फर्म परे कारवाहीमा

२०७८ असोज २७

चाडपर्वको बजार अनुगमन: २५ दिनमा २३ लाख जरीवाना, २६१ व्यवसायिक फर्म परे कारवाहीमा
चाडपर्वको बजार अनुगमन: २५ दिनमा २३ लाख जरीवाना, २६१ व्यवसायिक फर्म परे कारवाहीमा


काठमाडौं। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्व लक्षित संयुक्त बजार अनुगमनमा २३ लाख रुपैयाँ जरिवाना गरेको छ। २५ दिनको अवधिमा यो जरीवाना गरेको हो।

Tata
GBIME
Nepal Life

असोज १ गतेदेखि संयुक्त बजार अनुगमन सुरु भएको थियो । अनुगमन टोलीले उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरको ४ सय ९६ वटा व्यवसायिक फर्ममा चाडपर्व लक्षित बजार अनुगमन गरेको थियो।

जसमा २ सय ६१ वटा व्यवसायिक फर्मलाई जरीवाना गरेको हो। टोलीले उपत्यकाका किराना पसल, कपडा पसल, मदिरा पसल, मासु पसल लगायतका व्यवसायिक फर्ममा अनुगमन गरेको गरेको थियो।

जसमा बढी मूल्य लिएर बिक्री गर्ने र  बिलको प्रयोग नगर्ने फर्महरुमा विभागले जरीवाना गरेको हो। चाडपर्वको समयमा कारोबार बढ्ने भएकोले व्यवसायीहरुले म्याद सकिएको खाद्यान्नहरु बिक्री हुने र  बढी मूल्य लिने प्रवृति हुन्छ।

विभागको नियमित अनुगमन सहित उपत्यकाको विभिन्न ठाउँहरुमा सुचना र गुनासोको आधारमा बजार अनुगमन भएको विभागका प्रवक्ता शिवराज सेंढाइले बताए।