BIZMANDU
www.bizmandu.com

खडेरीले उत्पादन घटेपछि अलैंचीको मूल्य आकासियो, किलोको ९ सय ९५ रुपैयाँ पुग्यो

२०७८ असोज २७

खडेरीले उत्पादन घटेपछि अलैंचीको मूल्य आकासियो, किलोको ९ सय ९५ रुपैयाँ पुग्यो
खडेरीले उत्पादन घटेपछि अलैंचीको मूल्य आकासियो, किलोको ९ सय ९५ रुपैयाँ पुग्यो

काठमाडौं। खडेरीले उत्पादन घटेपछि अलैंचीको मूल्य आकासिएको छ। अलैची उत्पादक संघका अनुसार अलैंचीको मूल्य किलोको ९ सय ९५ रुपैयाँ कायम भएको छ। गत वर्ष किलोको सात सय रुपैयाँमा अलैंची बिक्री भएको थियो।

Tata
GBIME
Nepal Life

 संघका अध्यक्ष राजकुमार कार्कीले खडेरीले अलैंचीको विरुवा मासिएको र उत्पादन घटेकोले मूल्य आकासिएको बताए। उनका अनुसार २६ हजार मन रहेको अलैंची अहिले ३९ हजार पुगेको छ।

मुलुकभित्र उत्पादन भएको धेरै अलैंची निकासी हुने गरेको छ। गत वर्ष ८ अर्ब रुपैयाँ बराबरको अलैंची निकासी भएको थियो।

गत बर्ष एक लाख ६० हजार बोरा अलैंची उत्पादन भएको थियो। संघको तथ्याङक अनुसार बजारमा उत्पादन भएको सबै अलैंची भारत निकासी भएको थियो। महँगो मूल्यका कारण अहिले अलैंची निकासी भने कम भएको छ।

तर भारतमा समेत अलैंची उत्पादन कम भएकाले बिक्री नहुने समस्या भने नहुने कार्की बताउँछन्।