BIZMANDU
www.bizmandu.com

बुद्ध एयरले झन्डै आधा घटायो डलर हवाई भाडादर, यस्तो छ पर्यटकका लागि निर्धारित नयाँ भाडा

२०७८ असोज २६

बुद्ध एयरले झन्डै आधा घटायो डलर हवाई भाडादर, यस्तो छ पर्यटकका लागि निर्धारित नयाँ भाडा
बुद्ध एयरले झन्डै आधा घटायो डलर हवाई भाडादर, यस्तो छ पर्यटकका लागि निर्धारित नयाँ भाडा

काठमाडौं। निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले विदेशी पर्यटकका लागि लिँदै आएको हवाई भाडादर घटाएको छ। विदेशीका लागि निर्धारित डलर भाडादर लगभग आधाले घटाएको बुद्ध एयरले जनाएको छ। यद्यपि घटाइएको भनिएको भाडा दर अझै करिब साढे दुई महिनापछि मात्र लागु हुने गरी कम्पनीले सार्वजनिक गरेको हो।

Tata
GBIME

यसअघि पोखराका लागि १०६ अमेरिकी डलर तोकिएकोमा जनवरी २०२२ देखि लागु हुनेगरि ६५ अमेरिकी डलरमा झारिएको छ। सोही मितिबाट लागु हुने तय गरिएको अन्य गन्तव्यको एकतर्फी डलर भाडादर काठमाडौं-पोखरा $६५, काठमाडौं-विराटनगर $७६, काठमाडौं-जनकपुर $४२, काठमाडौं-सिमरा $३०, काठमाडौं-भैरहवा $६५, काठमाडौं-धनगढी $१३८ काठमाडौं-नेपालगञ्ज $१०२ र काठमाडौं-भद्रपुर $९४ तोकिएको छ।

महामारीपछि सुस्ताएको पर्यटनलाई उकास्न सस्तिएको हवाईभाडाले सहयोग पुर्‍याउने बुध्द एयरका सेल्स एण्ड मार्केटिङ निर्देशक रुपेश जोशी बताउँछन् । पछिल्लो समयमा अनलाईनमार्फत डलर फेयर पनि बुकिङ भइरहेको उनले जानकारी दिए।

नेपाली र भारतीय हवाईयात्रुका लागि सजिलो र सहज भाडादर भएपनि विदेशी पर्यटकको हकमा डलरमै भाडा तिर्नुपर्ने प्रावधान रहेको छ। लामो समयदेखि रहेको गुनासोलाई सम्बोधन गर्दै बुध्द एयरले २४औं वार्षिकोत्सवको समयमा डलर भाडादर घटाएको बताएको छ।

यस्तो छ हाल कायम भाडा दर: