BIZMANDU
www.bizmandu.com

कुमारी बैंकको दसैंको अवसरमा डिजिटल दक्षिणा अभियान, कुमारी एपबाट पैसा दिँदा क्यासब्याक दिने

२०७८ असोज २६

कुमारी बैंकको दसैंको अवसरमा डिजिटल दक्षिणा अभियान, कुमारी एपबाट पैसा दिँदा  क्यासब्याक दिने
कुमारी बैंकको दसैंको अवसरमा डिजिटल दक्षिणा अभियान, कुमारी एपबाट पैसा दिँदा क्यासब्याक दिने

काठमाडौं। कुमारी बैंकले दसैंको अवसरमा डिजिटल दक्षिणा अभियान ल्याएको छ। कोभिड महामारीले निम्त्याएको आफन्तजनबीचको बाध्यात्मक दूरीलाई माया र आशिर्वादको डिजिटल आदानप्रदान गर्ने उदेश्यले योजना ल्याएको बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले बताए।

Tata
GBIME

बैंकका डिजिटल बैंकिङ प्रमुख अनिष ताम्राकारले चाडपर्वमा टिका, रंग तथा अन्य कारणले नोट विग्रन सक्ने भएकाले डिजिटल दक्षिणा अभियान ल्याएको बताए।

बैंकका अनुसार दसैंको टिकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म, तिहारको लक्ष्मी पुजादेखि भाई टिकासम्म र छठ पर्वको दिन कुमारी स्मार्ट मोबाइल बैंकिङ एपमा भएको डिजिटल दक्षिणामार्फत गरिने अन्तर बैंक रकमान्तरमा लाग्ने सेवा शुल्क, क्यासब्याकमार्फत ग्राहकलाई फिर्ता गर्नेछ।