BIZMANDU
www.bizmandu.com

नेपालमा फोरजी प्रयोगकर्ता एक करोड नाघे, साउनमा थपिए १० लाख ८० हजार ग्राहक

२०७८ असोज २६

नेपालमा फोरजी प्रयोगकर्ता एक करोड नाघे, साउनमा थपिए १० लाख ८० हजार ग्राहक
नेपालमा फोरजी प्रयोगकर्ता एक करोड नाघे, साउनमा थपिए १० लाख ८० हजार ग्राहक



काठमाडौं। नेपालमा फोरजी प्रयोगकर्ताको संख्या एक करोड नाघेको छ। नेपाल दूरसंचार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार साउनमा फोरजी प्रयोगकर्ता एक करोड १० लाख ३४ हजार ३५४ पुगेको छ।

Tata
GBIME
Nepal Life

असारमा फोरजी प्रयोगकर्ता ९९ लाख ५४ हजार ११९ थिए। एक महिनामा फोरजी प्रयोगकर्ता १० लाख ८० हजार २३५ ले थपिएको प्राधिकरणले जनाएको छ।

जसअनुसार बढी ग्राहक हुनेमा एनसेलनै अघि छ। साउनमा एनसेलको फोरजी ग्राहक ५५ लाख ११ हजार ३८६ छ भने नेपाल टेलिकमले ५३ लाख ४० हजार ३५३ पुगेको प्राधिकरणले जनाएको छ। 

यस्तै, स्मार्ट टेलिकमको फोरजी प्रयोगकर्ता एक लाख ८२ हजार ८१५ पुगेको छ। 

असारको तुलनामा साउनमा टेलिकमले पाँच लाख ९५ हजार ९७८ र एनसेलले चार लाख ६८ हजार ३८८ फोरजी प्रयोगकर्ता थपेका छन्। 
स्मार्ट टेलिकमले भने असारको भन्दा साउनमा १५ हजार ८६९ फोरजी ग्राहक थपेको प्राधिकरणले जनाएको छ।