BIZMANDU
www.bizmandu.com

रातो अक्षताले दसैंलाई सेयर बजारको स्वागत, कारोबार रकम पनि खुम्चियो, तरलता अभावको दबाब

२०७८ असोज २५

काठमाडौं। दसैंलाई सेयर बजारले 'रातो अक्षता' ले स्वागत गरेको छ। ५ दिनका लागि बन्द हुनुअघि बजारमा कारोबार कम्पनी र रकम दुबै घटेको छ। सूचक २३ अंक तल ओर्लिएको छ।

Tata
GBIME

२६६९ अंकसम्म पुगेको बजार बीचमा २६१६ अंकसम्म आएको थियो। पछि केही सुधार भएर २६३९ अंकमा बन्द भएको छ।

दिनभरीमा २१९ कम्पनीको सेयर किनबेच भएको छ। कुल ३ अर्ब ६३ करोड रुपैयाँको कारोबार भएको छ। समूहिक लगानी कोष र लगानी सूचक बाहेक सबै घटेका छन्।

बैंकिङ १६ अंक ओर्लिएको छ भने निर्जीवन बीमा कम्पनी ७९ अंकले तल आएको छ। विकास बैंक, फाइनान्स, लघुवित्त, जीवन बीमा, जलविद्युत सबै सूचक तल आएका छन्।

दसैंअघिको बजार बढेर बन्द हुन्छ भन्ने अनुमान आम लगानीकर्ताको थियो। तर तरलता अभाव, ब्याज दर बृद्धिजस्ता कुराहरुले बजारलाई हरियो बन्न दिएन।