BIZMANDU
www.bizmandu.com

निफ्राको नगद लाभांश दिने निर्णय राष्ट्र बैंकले मानेन, अब नगदको ठाउँमा ८% बोनस सेयर दिने

२०७८ असोज २५

काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले पहिलो पटक घोषणा गरेको  लाभांशलाई नेपाल राष्ट्र बैंकले हेरफेर गरिदिएको छ। २० अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले ८.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो।

Tata
GBIME
Nepal Life

यसमा राष्ट्र बैंकले हेरफेर गरिदिएको हो। अब निफ्राले नगदको ठाउँमा बोनस सेयर दिने छ। निफ्राले ८ प्रतिशत बोनस सेयर दिने भएको छ। बोनस सेयरपछि निफ्राको चुक्ता पुँजी एक अर्ब ६० करोड रुपैयाँले बढ्ने छ।

निफ्राले कर प्रयोजनका लागि ८ करोड ४२ लाख रुपैयाँ नगद लाभांश दिने छ। पूर्वाधार क्षेत्रमा लगानी गर्नका लागि स्थापन भएको कम्पनीले ८ अर्ब रुपैयाँ सर्वसाधारणलाई सेयर बिक्री गरेको छ। कम्पनीले गत वर्षसम्मको सञ्चिति मुनाफाबाट लाभांश बाँड्ने प्रस्ताव गरेको हो। 

कम्पनीको गत वर्षको वितरणयोग्य नाफामा ६५ करोड ८५ लाख रुपैयाँ थियो। 

कम्पनीले कुल ऋण लगानी २ अर्ब २७ करोड रुपैयाँ गरेको छ। यसबाहेक विभिन्न क्षेत्रमा लगानी एक अर्ब २८ करोड रुपैयाँ छ।