BIZMANDU
www.bizmandu.com

हुन्डाइका गाडीको दसैंलक्षित फ्रि चेकअप क्याम्प, यी स्थानमा हुनेछ गाडीको निःशुल्क चेक जाँच

२०७८ असोज २४

हुन्डाइका गाडीको दसैंलक्षित फ्रि चेकअप क्याम्प, यी स्थानमा हुनेछ गाडीको निःशुल्क चेक जाँच
हुन्डाइका गाडीको दसैंलक्षित फ्रि चेकअप क्याम्प, यी स्थानमा हुनेछ गाडीको निःशुल्क चेक जाँच

काठमाडौं। नेपालका लागि हुन्डाइ मोटर्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले 'हुन्डाइ हाइवे एस्योरेन्स' योजना सुरु गरेको छ। हुन्डाइका गाडीहरुका लागि फ्री चेक अप क्याम्प आयोजना गरेको हो। 

Tata
GBIME

यस कार्यक्रमअन्तर्गत कम्पनीले आफ्ना ग्राहकका लागि राजमार्गका विभिन्न स्थानहरुमा हुन्डाइ गाडीको फ्री चेकअप क्याम्प स्थापना गरेको छ।  

दसैं मान्न हुन्डाइका गाडीमा घर फर्कदै गरेकाहरुलाई लक्षित गरी आयोजना गरिएको फ्री चेकअप क्याम्पमा आवश्यक लुब्रिकेन्ट तथा कूलान्टको मात्रा कम भएमा कम्पनीले निःशुल्क थप गरिदिने छ।

यो क्याम्प राजमार्गका विभिन्न स्थान बिर्तामोड (काँकडभिट्टा रोड), इटहरी (मिलनचोक), कुरिनटार  (सीरीन हाइवे), भरतपुर (बालमन्दिर चोक), चौराहा( बुटवल), नेपालगन्ज (कोहलपुर चोक), धनगढी (अतरियाचोक), वीरगंज (पथलैया चोक) र हेटौंडा (बाईपास मार्ग, कपुर कम्पलेक्स) हरुमा सञ्चालनमा हुने कम्पनीले जनाएको छ। 

यो कार्यक्रम असोज २४ देखि २६ गतेसम्म बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ।