BIZMANDU
www.bizmandu.com

टोयोटाले नयाँ डिजाइनसहित लन्च गर्‍यो वेबसाइट, मोडल तुलनादेखि किस्ताको अनुमानसम्म सुविधा

२०७८ असोज २४

टोयोटाले नयाँ डिजाइनसहित लन्च गर्‍यो वेबसाइट, मोडल तुलनादेखि किस्ताको अनुमानसम्म सुविधा
टोयोटाले नयाँ डिजाइनसहित लन्च गर्‍यो वेबसाइट, मोडल तुलनादेखि किस्ताको अनुमानसम्म सुविधा



काठमाडौं। टोयोटा नेपालले नयाँ डिजाइनसहित आफ्नो वेबसाइट औपचारिक रुपमा सुरु गरेको छ। नयाँ डिजाइनको वेबसाइट सबै विद्युतीय ग्याडेटमैत्री, प्रयोगकर्ता केन्द्रित र रेस्पोन्सिभ हुने कम्पनीले जनाएको छ। 

Tata
GBIME
Nepal Life

नयाँ वेबसाइटमार्फत ग्राहकहरुले सोरुम नै नगइ सजिलै आफ्नो मोबाइल, ल्यापटप वा अन्य कुनै ग्याजेट्सबाटै टोयोटाका गाडी तथा सर्भिस बारे जानकारी लिन सक्ने कम्पनीले जनाएको छ। प्रयोगकर्ताहरुले आफ्नो नजिकै रहेको टोयोटा सोरुम पत्ता लगाइ नेभिगेट गर्न सक्ने सुविधा वेबसाइटमा छ। 

टोयोटा नेपालका बिजनेस रिसर्च एनालिस्ट सूर्यांश वैद्यले वेबसाइटलाई प्राविधिक इञ्जिनियरिङको एउटा उपलब्धी भएको वर्णन गरेका छन्। 
वेबसाइटमा गाडी खरिद गर्न चाहनेहरुलाई लक्षित गर्दै सम्पूर्ण जानकारी राखिएको कम्पनीले जनाएको छ।

साथै, वेबसाइटमा रहेको ‘कम्पेयर मोडल’, ‘क्यालकुलेट पेमेन्ट’, ‘डिटेल स्पेसिफिकेसन’ आदि फिचरमार्फत ग्राहकहरुले आफूले खरिद गर्न चाहेको गाडीको बारे सजिलै जानकारी लिन सक्ने बताइएको छ।

क्यालकुलेट पेमेन्टमार्फत ग्राहकले आफ्नो मासिक किस्ता अनुमान गर्नका साथसाथै आफ्नो बजेटमा फिट हुने गाडीबारे सिफारिससमेत गर्ने सुविधा राखिएको कम्पनीले जनाएको छ। कम्पनीले आगामी दिनमा थप नयाँ सुविधाहरु वेबसाइटमा जोड्दै लग्ने जनाएको छ।