BIZMANDU
www.bizmandu.com

चौतर्फी विवादले सपथको दुई दिनमै नवनियुक्त उद्योगमन्त्री गजेन्द्र हमालद्वारा राजीनामा तयारी

२०७८ असोज २४

काठमाडौं। नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामा दिने घोषणा गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको कोटाबाट मन्त्री भएको भन्दै आरोप लागेपछि उनी विवादमा तानिएका हुन्।

Tata
GBIME
Nepal Life

उनले आजै प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउने तयारी गरेका छन्।

'आफ्नो स्वविवेक प्रयोग गरें। धेरै सोचें। नेताहरुले राजीनामा नदिनु भनेका छन्। तर विवादमा किन पर्नु भनेर। आजै राजीनामा दिँदैछु,' मन्त्री हमालले भने।

विवादमा तानिएपछि मन्त्री हमालले के गर्ने भन्ने विषयमा कांग्रेस नेताहरुसँगसमेत लामो समय छलफल गरेका थिए।

शुक्रबार उनले शीतल निवास पुगेर मन्त्रीमा शपथ लिएका थिए। गैरसांसद उनी कांग्रेस कोटाबाट मन्त्री बनेको भन्दै सत्तारुढ दलका नेताहरुले बचाउ गर्दै आएका छन्।