BIZMANDU
www.bizmandu.com

अब भने अनुपमा ढुक्क छिन्: अरु महिलाका लागि यो लेभलमा आउन सक्ने बाटो खुल्यो


अब भने अनुपमा ढुक्क छिन्: अरु महिलाका लागि यो लेभलमा आउन सक्ने बाटो खुल्यो
अब भने अनुपमा ढुक्क छिन्: अरु महिलाका लागि यो लेभलमा आउन सक्ने बाटो खुल्यो

साढे तीन वर्षअघि मेगा बैंकले आफ्नो प्रमुख कार्यकारी अधिकृतका रूपमा अनुपमा खुंजेलीलाई नियुक्त गर्‍यो। त्यो निर्णयले बैंकिङ सेक्टरमा एउटा 'ग्लास सिलिङ' ब्रेक नै भएको थियो। त्यसअघिसम्म निजी क्षेत्रका वाणिज्य बैंकमा कुनै पनि महिलाले यो पद पाएका थिएनन्। पहिलो महिला सीइओका रूपमा अनुपमाले मेगा बैंक लिड गरिन्। आगामी वैशाखमा उनको पदावधि सकिँदैछ।  

Tata
GBIME
Nepal Life

महिलाले पहिलोपटक हाँक्न लागेको बैंक, स्तर माथि पुग्ला वा खस्केला? सबैका आँखा-कान चनाखा थिए। सबैभन्दा बढी तनाव अनुपमालाई थियो, किनभने उनले बितेका यी वर्षहरुमा बैंकलाई त्यो उचाइमा पुर्‍याउन तल्लिन रहिन्। जहाँ बैंक पुग्दा महिलाहरुमाथि अझ विश्वास बढ्ने थियो। डिसिजन मेकिङ लेभलमा अझ बढी महिलाहरु पुग्न सक्थे। 

नभन्दै अनुपमाले आफूलाई प्रमाणित गरिन्। २४/२५ र्‍याङ्किङमा रहेको मेगा अहिले १३ नम्बरमा आइसकेको छ। अझ व्यापार बिस्तारमा दशौं र नाफामा नवौं स्थानमा आइपुगेको छ। बैंकको ब्यालेन्ससिट दोब्बर भएको छ। दुई बैंकसँग सफल मर्जर र एउटा बैंकलाई अक्वायर गरेर सफल रूपमा अघि बढाइरहेको छ। अनि सेयर मूल्य पनि डबल भइसक्यो। 

अब भने अनुपमा ढुक्कसँग भन्न सक्छिन्- 'मेरो कार्यकाल साँच्चै सफल भयो। अब अरु महिलाहरुका लागि पनि यो लेभलमा आउन सक्ने बाटो खुल्यो। जब सुरु गरेको थिएँ, मनमा राखेको थिएँ यो सुरुवात मात्र हो। ४ वर्षमा मैले प्रगति गरेर देखाउन सके भने अरु महिलाहरुमाथि पनि विश्वास बढ्छ।'

अहिले मेगा बैंकमा कुल १८ सय ४० कर्मचारीहरु छन्, जसलाई बैंकको भिजनमा ढालेर अघि बढाइरहेकी छन् अनुपमाले। उनलाई थाहा छ मर्जर गर्नु वा अक्वायर गर्नु सिस्टम वा ब्यालेन्ससिटको मर्जर मात्र होइन, त्यहाँ त फरक फरक कल्चरबाट आएका कर्मचारीहरुलाई एउटै कल्चरमा ढालेर अघि बढाउनु पनि हो। यस अर्थमा ह्युमन रिसोर्सेस मर्जर पनि हो, जसलाई अनुपमाले सफलता दिलाइन्। अहिले मेगा बैंकको उच्च व्यवस्थापन तहका १० जनामध्ये आधा महिला नै छन्। माथिल्लो पोस्टमा महिला रहनु वा महिलाले हाँकेको बैंक भनेर गर्व गर्न यसका सफलताका मापकहरुले पनि उत्साहित बनाइरहेको उनले बताइन्। 

अन्तर्राष्ट्रिय मान्यताअनुसार महिलाले हाँकेको संस्थामा १० देखि १५ प्रतिशत बढी आय आर्जन हुन्छ भनिन्छ। मेगा बैंकमा पनि जुन परिवर्तन देखिएको छ, त्यो देखिनु नै आफ्नो सफलता भएको अनुपमा मान्छिन्। आफू आएपछि तयार पारिएको पञ्चवर्षीय योजना अनुसारको लक्ष्य बैंकले ४ वर्षमै हासिल गरिसकेको उनको भनाइ छ। 

बैंकिङ क्षेत्रमा पहिलो महिला सीइओको ताजलाई उस्तै उँचो राखेर आफ्नो कार्यकाल पूरा गर्न लागेकी अनुपमा वित्तीय क्षेत्रमा जहाँ आफ्नो आवश्यकता महसुस हुन्छ त्यो क्षेत्रलाई सघाउने इच्छा राखेकी छन्। समुदायमा जे काम गर्न सक्छु त्यसलाई पनि निरन्तरता दिन उनलाई मन छ। उनलाई नेपालबाट युवा पुस्ता पलायन भइरहेको र बुढाबुढी पुस्ता एक्लिरहेको पीर पनि छ। पैसा भएर पनि सेवा उपचार र माया नपाइरहेका वृद्धवृद्धा देख्दा उनलाई नेपालमा जेष्ठ नागरिक सेवा केन्द्रहरु अत्यावश्यक लागेको छ। उनी यस्तै ओल्ड एज होमहरुका लागि पनि काम गर्न चाहन्छिन्। आफ्नो इच्छाबारे सुनाइरहँदा उनले यसरी बिट मारिन्– सबैभन्दा महत्वपूर्ण कुरा त आउँदा दिनहरुमा म वित्तीय क्षेत्रमा अझै धेरै महिला सीइओहरु देख्न चाहन्छु।

 —

'हामीले जुन मेगा भ्याल्यू लिएर काम गरिरहेका छौं त्यो सर्भिस एक्सन ओरियन्टेट, रिजल्ट फोकस्ड,  ट्रान्सफर्मेसनल, सिनर्जिस्टिक सबै कुरामा हामी प्रतिबद्ध छौं। बैंकिङमा अनेस्टी र इन्टिग्रिटी असाध्यै महत्वपूर्ण छ। हामीमा त्यो पनि छ। हामी यसरी अघि बढिरहेका छौं कि नयाँ आउने दिदीबहिनीहरुका लागि पनि बैंकिङ करियर असाध्यै राम्रो छ है भनेर यो  क्षेत्रमा लाग्ने हौसला मिलोस्।'- उत्साहित हुँदै उनले सुनाइन्।   

अहिलेसम्म नेपाली बैंकिङ क्षेत्रमा ४० प्रतिशतभन्दा बढी महिलाहरु काम गरिरहेका छन्। तर कति प्रतिशत अफिसर लेभलमा पुगेका छन्? कति प्रतिशत टप लेभलमा पुगेका छन्? सोच्नैपर्ने अवस्था छ। औंलामा गन्न सकिने महिलाहरु मात्र उच्च व्यवस्थापकीय तहमा छन् र आफूलाई प्रमाणित गरिरहेका छन्। 

खासमा महिलाहरु उपल्लो दर्जासम्म पुग्न नसक्नुको कारण चाहिँ के रहेछ त? अनुपमाको तीन दशक लामो बैंकिङ अनुभव बोल्यो- 'महिलाहरु करियर थाल्दाथाल्दै विवाह र घर व्यवहारमा पनि लाग्नुपर्छ। जागिर खाइरहेको अवस्थामा जब सन्तान जन्मिन्छ अझ जिम्मेवारी थपिन्छ। अनि यस्तो अवस्थामा सधैं परिवारमा पुरुषभन्दा महिलाले नै सम्झौता गर्छन्। लामो वर्किङ आवर भएको बैंकको जागिरमा पूरा समय दिन नसक्दा र पुरुषहरुभन्दा बढी पारिवारिक बाध्यतामा पर्ने हुँदा महिलाहरु पछि पर्दै जान्छन्। कति त बीचमै बैंक छोडेर घर बस्ने अवस्था पनि आउँछ।'

पछिल्लो समयमा धेरै महिलाहरु बैंकिङ करियरतर्फ आकर्षित भइरहेका छन्। तर तल्लो तहमै सीमित नहुन अनुपमासँग केही सुझावहरु पनि छन्। 

पहिलो कुरा महिलाहरु नै आफ्नो लक्ष्यमा अडिग हुने आफ्नै खुट्टामा उभिने र आत्मनिर्भर नभई विवाह नगर्ने। दोस्रो पढ्न सिक्न र मेहनत गर्न कन्जुस्याइँ नगर्ने। अनि सबैभन्दा महत्वपूर्ण चाहिँ घर परिवारले पनि छोराछोरी जस्तै व्यवहार बुहारी र ज्वाइँलाई पनि गर्ने। अर्थात समान व्यवहार दिने। 

अनुपमालाई पनि एकपटक यस्तो अवस्था आयो जतिबेला उनले घरपरिवार र सन्तानलाई समय दिनका लागि जागिरसम्मै छोड्नुपर्ने हो कि जस्तो पनि भएको थियो। तर परिवारको साथ सहयोगले सबै सरल बन्दै गयो। करियरका लागि उनले शिक्षा, सिकाइ र मेहनतलाई मूलमन्त्र बनाइन्। बैंकको जागिरमा धेरै समय दिनुपर्छ परिवारले त्यो समय दिन सक्ने वातावरण बनाइदिनुपर्छ भन्छिन् अनुपमा-'एक अध्ययनका अनुसार विश्वमा जेन्डर ग्याप कभर हुन अझै १०८ वर्ष लाग्छ । तर हामी सबैले आआफ्नो परिवारमा यो सोचलाई स्थापित गर्दै त लैजानु पर्यो नि!' 

***

त्यसबेलाका कृषि सचिव अक्रुर नरसिंह राणा र ओपल राणाकी छोरी अनुपमाले शंकरदेववाट स्नातक सक्ने बित्तिकै तत्कालिन ग्रिनलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकमा जागिर सुरु गरिन्। फोक्सो विशेषज्ञ श्रीमान डा. रवीन्द्र खुजेलीसँगको विवाहले जीवन नयाँ रफ्तारमा अघि बढ्यो। 

परिवारप्रतिको जिम्मेवारी बढ्दै गयो तर सन्तान भएपछि पनि उनले बैंकको काम छोडिनन्। परिवारको सम्पूर्ण जिम्मेवारी बहन गर्दै काम गर्दा बच्चा सानो हुँदाको समयमा काम छोड्नै पर्छ जस्तो अवस्था पनि आएको रहेछ तर उनले सबै मिलाउँदै गइन्। यसबीचमा उनले मास्टर्स गर्ने समय भने पाएकी थिइनन्।  ४० वर्षको उमेरमा एस कलेजबाट एमबीए गरेको सुनाइन्। 'त्यसबेला मेरी छोरीले एसएलसी दिने बेला भइसकेको थियो। तर पनि मैले जागिर खाँदै अधिक मेहनत र डेडिकेसनका साथ पढाई पूरा गरेकी हुँ। आफू बलियो नभएसम्म अरुले अघि सारिदिएर मात्र पनि सफल हुन सकिँदैन।'  

अनुपमालाई पनि एकपटक यस्तो अवस्था आयो जतिबेला उनले घरपरिवार र सन्तानलाई समय दिनका लागि जागिरसम्मै छोड्नुपर्ने हो कि जस्तो पनि भएको थियो। तर परिवारको साथ सहयोगले सबै सरल बन्दै गयो। करियरका लागि उनले शिक्षा, सिकाइ र मेहनतलाई मूलमन्त्र बनाइन्। बैंकको जागिरमा धेरै समय दिनुपर्छ परिवारले त्यो समय दिन सक्ने वातावरण बनाइदिनुपर्छ भन्छिन् अनुपमा-'एक अध्ययनका अनुसार विश्वमा जेन्डर ग्याप कभर हुन अझै १०८ वर्ष लाग्छ । तर हामी सबैले आआफ्नो परिवारमा यो सोचलाई स्थापित गर्दै त लैजानु पर्‍यो नि!' 

कुनै पनि संस्थाको नेतृत्व गर्नु लिडरका रुपमा सफल हुन आफ्नो सम्पूर्ण टिमलाई त्यो नेतृत्वदायी भूमिकाभित्र समेटेर आफ्नो भिजनमा सबैलाई घोलेर त्यसलाई सफल बनाउने कुरा हो। त्यहाँ टिम एफर्टको कुरा आउँछ। 

आफू बलियो हुनका लागि शिक्षा र लगन आवश्यक देख्ने अनुपमाले बैंकको सीइओ बनेको एक वर्षभित्रै सुरु गरेको प्रोजेक्ट हो 'एजुकेसन इज इनलाइटमेन्ट'। यस अन्तर्गत बैंकले बालिकाका लागि शिक्षाको अभियान सुरु गर्‍यो। पहिले हरेक शाखाले १/१ जना विपन्न बालिकालाई १२ कक्षासम्म पढाउने जिम्मेवारी लियो। अहिले देशभरका २०६ शाखाले २/२ जना बालिकाको शिक्षाको जिम्मेवारी लिएको छ। 

उनीहरुलाई १२ कक्षासम्म पढाउने मात्र होइन ब्याचलर पढुन्जेल बैंकमा आउटसोर्सको जागिर दिने र ग्रयाजुयसनपछि बैंकमै जागिर दिने बैंकको योजना छ। अनुपमा आएपछि नै यो अभियान सुरु गरिएको हो। यसलाई उनी महिला सशक्तिकरणको एउटा पाटोकै रुपमा लिन्छिन्। 

'आज हामीले गरिरहेका छौं भोलि अरु बैंकहरु मिसिनुहोला अन्य संस्थाहरु थपिँदै जालान्। अनि सानोबाट सुरु भएको अभियानले बृहत्त रुप लिनेछ। यसले छोरीको शिक्षा र आत्मनिर्भरताको लागि सहयोगी हुनेछ' समाजलाई परिवर्तन गर्न शिक्षा अत्यावश्यक रहेको उनले सुनाइन्। 

अनुपमाले टेलरदेखि सीइओसम्मको यात्रा तय गरेकी हुन्। यो यात्रामा यहाँसम्म आइपुग्दा उनले बुझेको एकमात्र सत्य के हो भने पावर र पोजिसन मेहनतले नै आउँछ। तत्कालीन ग्रिनलेज बैंकमा सन् १९९१ को जुन महिनामा छिरेको उनलाई अझै याद छ। सुरुमा बैंकमा काम थाल्दा सकेर घर जान रातको १२ पनि बज्थ्यो। भर्खर भर्खर ढड्डाबाट कम्प्युटरमा गैरहेको थियो बैंकिङ। 
मास्टर्स ज्वाइन गरेर पनि पढ्न ब्रेक लाग्यो। तर त्यही मेहनतले कडा रुपमा काम गर्न सिकायो। संस्थालाई टाइम दिन र मेहनत गर्न सिकायो। र आज त्यसले परिणाम पनि दिएको छ। तर सफलता सजिलै हात पर्दैन। यसका लागि दिनरात वर्षौंको मेहनत चाहिन्छ। पढेर मात्र हुँदैन हरेक पल सिक्ने हुटहुटी हुनुपर्छ।  आफूलाई निरन्तर त्यो प्रक्रियामा लगिराख्दा मात्रै सफलता हात पर्ने उनको अनुभव छ।  

'बजारले अब मेरो मूल्यांकन गर्छ। यो मूल्यांकन हचुवामा होइन ब्यालेन्ससिट हेरेर हुन्छ। लिडरका रुपमा आफ्नो थट प्रोसेसहरु टिमसम्म पुग्नु र सही रिजल्ट दिएको छ छैन त्यहाँ मेरो सफलताको मापन हुन्छ। अब यो बजारले भन्ने हो।'- उनको सफलता उनको बोलीमा पनि झल्किन्छ। 

***

सानो छँदा नयाँ नोटको बास्नामा रमाउने अनुपमाले टेलरमा बस्दा नयाँ नोटका बन्डलका बन्डल बाँड्न पाइन्। त्यो बेला उनलाई बच्चा बेलाको रहर पूरा गरेको जस्तै हुन्थ्यो। सानो मोटरमा घरभरीका कोचिएर आफन्तकहाँ टिका थाप्न जानु, एक दुई पाँच/दशका नोट बटुलेर दिनभर बल्ल बल्ल एक डेढ सय रुपैयाँ पोल्टामा पार्नु। अनि आफ्नै पैसाले लैनचौरको डीडीसीमा पुगेर चिज र आइसक्रिम किनेर खानु अनुपमाको बिर्सिनसक्नुका दिनहरु हुन्। 

स्कुलको लामो छुट्टी गुच्चा खेल्नु र चंगा उडाउनु मनपर्ने पासटाइम थियो उनको। फर्केर हेर्दा ती सबै दिनहरुमा फेरि फुत्तै फर्केर जान पाए कस्तो हुन्थ्यो होला जस्तो पनि लाग्छ उनलाई। 

अहिलेसम्म नेपाली बैंकिङ क्षेत्रमा ४० प्रतिशतभन्दा बढी महिलाहरु काम गरिरहेका छन्। तर कति प्रतिशत अफिसर लेभलमा पुगेका छन्? कति प्रतिशत टप लेभलमा पुगेका छन्? सोच्नैपर्ने अवस्था छ। औंलामा गन्न सकिने महिलाहरु मात्र उच्च व्यवस्थापकीय तहमा छन् र आफूलाई प्रमाणित गरिरहेका छन्। खासमा महिलाहरु उपल्लो दर्जासम्म पुग्न नसक्नुको कारण चाहिँ के रहेछ त? अनुपमाको तीन दशक लामो बैंकिङ अनुभव छ यस बारेमा।

तर त्यो अब सम्भव छैन। अब त उनको भूमिका पनि परिवर्तन भइसक्यो। सेन्टमेरिज पढ्दा मदर मेरीको प्रार्थना गरेर अनि पशुपतिको दर्शन गरेर हुर्किएकी अनुपमा अहिले घरमा मात्र नभई अफिसमा पनि आएर सबैभन्दा पहिले देउतालाई धुप बालेर मात्र काम सुरु गर्छिन्। 

उनी अध्यात्मिक छिन्। उनलाई पैसा भनेको खुशी प्राप्त गर्ने कैयौं माध्यममध्ये एउटा माध्यम जस्तो मात्र लाग्छ। मानिसको मेहनत र लगनले पैसा तान्ने हो। जति मेहनत गर्यो जति ग्रो गर्यो पैसा पनि त्यसै अनुसार आउने हो। तर पैसा कहिल्यै अन्तिम सत्य होइन। बैंकर अनुपमाको यो भनाईको अर्थ के होला त?  

उनले अर्थ्याइन्- 'जीवनको अन्तिम लक्ष्य खुशी हो। शान्ति हो र परिवारभित्रको आनन्द हो। पैसा त्यो खुशी खोज्नलाई मद्दत गर्ने यौटा माध्यम मात्रै। परिवारभित्र सुख शान्ति भएन सन्तानहरुको सफलताको आनन्द पाइएन भने जति नै पैसा भएपनि त्यसले के अर्थ राख्छ र?' त्यसैले सबैभन्दा पहिला परिवारभित्र सुखशान्ति ल्याउने वातावरण बनाउनुपर्ने उनको मान्यता हो। 

जसरी हामी काममा टिम वर्क र मेहनत गरिरहेका हुन्छौं। अफिस कल्चर कायम गर्न खटिरहेका हुन्छौं त्यस्तै घरभित्रको संस्कार कायम गर्न पनि परिवारका सबैले टिमवर्क गर्नुपर्ने उनको भनाई छ। 

'महिलाहरु त शक्तिकै अर्को रुप हुन्। संसारलाई निरन्तरता दिने नै महिला हो। त्यसैले यसमा अझ बढी भूमिका महिलाको हुन जान्छ। इमोसन हार्ड वर्क टार्गेट ड्रिभन भिजन महिलामा हुन्छ। हामी त करुणाकी देवी पनि हौं। त्यसैले घरभित्र र बाहिरको भूमिकालाई ब्यालेन्स गर्न महिलाहरु सक्षम पनि छन्' अनुपमा कुनै पनि हिसाबले महिलाहरु कमजोर नभएको तर्क गर्छिन्।  

बैंकिङ क्षेत्रमा पहिलो महिला सीइओको ताजलाई उस्तै उँचो राखेर आफ्नो कार्यकाल पूरा गर्न लागेकी अनुपमा वित्तीय क्षेत्रमा जहाँ आफ्नो आवश्यकता महसुस हुन्छ त्यो क्षेत्रलाई सघाउने इच्छा राखेकी छन्। समुदायमा जे काम गर्न सक्छु त्यसलाई पनि निरन्तरता दिन उनलाई मन छ। उनलाई नेपालबाट युवा पुस्ता पलायन भइरहेको र बुढाबुढी पुस्ता एक्लिरहेको पीर पनि छ। पैसा भएर पनि सेवा उपचार र माया नपाइरहेका वृद्धवृद्धा देख्दा उनलाई नेपालमा जेष्ठ नागरिक सेवा केन्द्रहरु अत्यावश्यक लागेको छ। उनी यस्तै ओल्ड एज होमहरुका लागि पनि काम गर्न चाहन्छिन्। आफ्नो इच्छाबारे सुनाइरहँदा उनले यसरी बिट मारिन्– सबैभन्दा महत्वपूर्ण कुरा त आउँदा दिनहरुमा म वित्तीय क्षेत्रमा अझै धेरै महिला सीइओहरु देख्न चाहन्छु।