BIZMANDU
www.bizmandu.com

हायात प्लेस तिहारमा संचालनमा ल्याउने गोल्याण ग्रुपको तयारी, अन्तर्राष्ट्रिय निरीक्षण चल्दै

२०७८ असोज २३

हायात प्लेस तिहारमा संचालनमा ल्याउने गोल्याण ग्रुपको तयारी, अन्तर्राष्ट्रिय निरीक्षण चल्दै
हायात प्लेस तिहारमा संचालनमा ल्याउने गोल्याण ग्रुपको तयारी, अन्तर्राष्ट्रिय निरीक्षण चल्दै

काठमाडौं। व्यवसायिक घराना गोल्याण समूहको पाँचतारे स्तरको होटल हायात प्लेस तिहार लगत्तै संचालनमा आउने भएको छ। होटल संचालन पूर्व निरीक्षणका लागि हायात इन्टरनेश्नलबाट प्रतिनिधी आएको संचालक अक्षय गोल्याणले बताए।

Tata
GBIME
Nepal Life

फायर लाइट सेफ्टी (एफएलएस) प्रमाणी करणका लागि हायात इन्टरनेशनलका प्रतिनिधी आइपुगेको उनले जानकारी दिए। 'तिहारमा हामी होटल संचालनमा ल्याउनेछौं। अहिले हायात इन्टरनेशनलले फाइनल टेस्टिङको काम गरिरहेको छ। हामी आफ्नो तर्फबाट तयारी अवस्थामा छौं। उहाँहरुको टेस्टिङ प्रक्रियाका कारण समय लम्बिन भएको छ,' उनले भने।

करिब तीन साता भित्रै टेस्टिङका काम सकिने उनले जानकारी दिए।

जुलाइदेखि सञ्चालनमा ल्याउने योजना रहे पनि कोभिड दोस्रो लहरका कारण ढिला भएको संचालक गोल्याणले जानकारी दिए। यो होटल अन्तर्राष्ट्रिय चेन होटल हायात इन्टरनेशनलको स्तरको हुनेछ। होटलले फाइभ स्टारको रेटिङ पाइसकेको जनाएको छ।

काठमाडौंको ताहाचलमा पाँच वर्षदेखि निर्माणाधीन उक्त होटलमा यतिखेर करिब ८० जना जनशक्ति भर्ती भइसकेको उनले जानकारी दिए। अन्तिम चरणका काम पछिल्लोपटक कोभिड-१९ का कारण प्रभावित भएको थियो।

अपार्टमेन्टको योजनालाई गोल्याण समूहले होटलमा रुपान्तरण गरेको हो। यसमा अहिले अन्तिम चरणको काम भइरहेको छ।

१० वटा सुइट्स रुम (तीन सुइट र सातवटा टेरेससहितको रुम) सहित १५३ रुम क्षमताको होटलमा एउटा अल डे रेष्टुरेन्ट, बारसहितको टेरेस पुल, जिम हल(ट्वेन्टी फोर आवर फिटनेस क्लब) को सुविधा राखिएको उनले जानकारी दिए। साना-ठूला सभा समारोह आयोजना गर्नका लागि होटलमा ५० देखि चार सय जना क्षमताको चारवटा बैंक्वेट हल छन्।

ग्राहक सेवा मध्यनजर गर्दै होटलमा चिल्ड्रेन स्विमीङ पुलको पनि सुविधा राखिएको छ। १५ तले भवन संरचना रहेको होटलमा सवारी पार्किङका लागि डबल बेसमेन्ट राखिएको छ। पार्किङमा अधिकतम ६० वटा सवारी साधन राख्न सकिने होटलले जनाएको छ।

यो सँगै होटलले क्यासिनो पनि चलाउने योजना छ।