BIZMANDU
www.bizmandu.com

रेनल्टको चेन्नईबाट आइपुगेका ११० वटा कार वीरगंजबाट जाँचपास, भन्सारअघिको मूल्य २९ करोड

२०७८ असोज २३

रेनल्टको चेन्नईबाट आइपुगेका ११० वटा कार वीरगंजबाट जाँचपास, भन्सारअघिको मूल्य २९ करोड
रेनल्टको चेन्नईबाट आइपुगेका ११० वटा कार वीरगंजबाट जाँचपास, भन्सारअघिको मूल्य २९ करोड



वीरगंज। सवारी ढुवानी गर्ने विशेष डिब्बायुक्त रेलमार्फत चेन्नईबाट रामगढवा हुँदै वीरगंज आइपुगेका रेनल्टको ११० वटा कार वीरगंज भन्सारबाट जाँचपासपास भएको छ।

Tata
GBIME
Nepal Life

वीरगंज भन्सार मातहतको आइसीपी भन्सार नाकाबाट ती कारहरु शुक्रबार जाँचपास भइ काठमाडौंतर्फ गएको वीरगंज भन्सारले जनाएको छ।एउटाको भारु १६ लाख ५३ हजार ३१७ रुपैयाँ हाराहारीमा मूल्य परेको छ। २९ करोड ९ लाख ८३ हजार मूल्य बराबरका डिजेल-पेट्रोल इन्जिनयुक्त ती कारको जाँचपास गरेको छ।

जाँचपास भई ती कार काठमाडौंतर्फ लागेको वीरगंज भन्सारका सूचना अधिकारी सुमित गुप्ताले बताए। उनका अनुसार ती गाडीहरुमा ८० प्रतिशत भन्सार महसुल, ६० प्रतिशत अन्तःशुल्क, १३ प्रतिशत भ्याट र ८ प्रतिशत सडक सम्भार दस्तुर असुली भएको छ।

दसैंतिहारका बुकिङमा ग्राहकलाई डेलिभरी दिन रेनल्टका कार नेपालका लागि आधिकारिक बिक्रेता एडभान्स अटोमोबाइल्स प्रालिले आयात गरेको हो। विशाल समुह अन्तर्गतको एडभान्स अटोमोबाइल्सले पहिले सडक र रेलमार्ग भएर ड्राईपोर्ट सम्म कार आयात गर्थ्यो भने अहिले चेन्नईबाट ढुवानी गर्ने रेलमार्फत् रक्सौल नजिकैको रागढवासम्म कार ल्याएको थियो।

रामगढवाबाट बाईरोड ती कारहरु बिहीबार आइसीपी भन्सार नाका प्रवेश गरेका थिए। नेपालमा कोरोना महामारी काम भएकाले पछिल्लो समय कार आयात बढेको भन्सार अधिकारीहरुले बताएका छन् ।