BIZMANDU
www.bizmandu.com

टेस्लाले मुख्यालय क्यालिफोर्नियाबाट टेक्सस सार्दै, सस्तो पारिश्रमिकले तान्यो टेस्लालाई

२०७८ असोज २२

टेस्लाले मुख्यालय क्यालिफोर्नियाबाट टेक्सस सार्दै, सस्तो पारिश्रमिकले तान्यो टेस्लालाई
टेस्लाले मुख्यालय क्यालिफोर्नियाबाट टेक्सस सार्दै, सस्तो पारिश्रमिकले तान्यो टेस्लालाई


काठमाडौं। टेस्लाका प्रमुख कार्यकारी एलन मस्कले विद्युतीय कार निर्माताको मुख्यालय सिलिकन भ्याली, क्यालिफोर्नियाबाट अस्टिन, टेक्सस सार्ने भएका छन्।

Tata
GBIME
Nepal Life

उनका अनुसार टेक्ससमा टेस्लाको भव्य कार र ब्याट्री उत्पादन कम्प्लेक्स रहने छ। टेस्लाले ओराकल, एचपी र टोयोटा मोटरसँगै आफ्नो अमेरिकी मुख्यालय क्यालिफोर्नियाबाट टेक्सस सार्न लागेको हो। टेक्ससमा क्यालिफोर्नियाको तुलनामा कर र बसाइ खर्च बढी छ।

सिलिकन भ्याली नयाँ आइडिया र कम्पनीहरुको विकासका लागि उत्कृष्ट ठाउँ मानिन्छ भने टेक्सस पारिश्रमिकका हिसाबले सस्तो र केही खुकुलो नियमका कारण चर्चित छ। 

'म हाम्रो मुख्यालय अस्टिन, टेक्सस सार्ने कुराले एकदमै खुशी छु,' मस्कले कम्पनीले वार्षिक बैठकमा भने। संसारभर सवारीका प्रमुख बजारलाई लक्ष्य गर्दै टेस्लाले उत्पादनको बिक्री बढाएको छ।