BIZMANDU
www.bizmandu.com

दसैं आयो तर भर्खर पाक्दैछ धान, खेतबारीमा व्यस्त किसानको जीवन, हेर्नुस् तस्बिर समाचार

२०७८ असोज २१

आजदेखि दसैं सुरु भएको छ। अन्नबाली भित्र्याइसकेर रमाउने पर्व। तर यी दृश्यहरु हुन्, काभ्रेपलाञ्चोकको बल्थलीको। खेतमा धान पाक्दैछ। यसपाला वर्षा याम लम्बिएर दसैंसम्म तन्किएको छ।  त्यसैले बाली भित्र्याएर रमाइलो गर्न भ्याएका छैनन्।

Tata
GBIME

किसानका लागि बाली भित्र्याउनु पहिलो पर्व, त्यसपछि अरु।

बनेपा – पनौती – खोपासी हुँदै यहाँ पुग्दा दसैंको रौनक भित्रिनै बाँकी भएको अनुभूति जो कसैलाई पनि हुने गर्छ।

मानिसहरु खेतबारीमा भेटिन्छन्। घाँसको भारी खेप्न भीरतिर पुगेका किसानका लागि वस्तुभाउको पेट भर्ने दायित्व छँदैछ। पाकेका धानका बालाले दसैंको झल्को दिइरहेको भए पनि गाउँले जीवनका यी दृश्यहरुले फरक फरक कथा बोलिरहेको देखिन्छ –