BIZMANDU
www.bizmandu.com

एकै पटक सात ठाउँमा शाखा खोल्यो राष्ट्रिय वाणिज्य बैंकले, २५४ ठाउँमा पुग्यो बैंकको सञ्जाल

२०७८ असोज १९

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकले थप सात नयाँ शाखा कार्यालयहरु विस्तार गरेको छ। अब बैंकको कुल शाखा संख्या २५४ पुगेको छ।

Tata
GBIME
Nepal Life

बैंकले चन्द्रागिरीस्थित बलम्बु, कागेश्वरी मनोहराको थली, ललितपुरको ठैव, भक्तपुरको कमलविनायक, चितवनको माडी, सिन्धुपाल्चोकको चौतारामा शाखा खोलेको हो। बैंकले प्यूठानमा पनि शाखा विस्तार गरेको छ। 

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले शाखा विस्तारबाट सर्वसाधारण एवं व्यवसायी उद्यमीहरुको वित्तीय पहुँचमा थप सघाउ पुगि आधुनिक बैंकिङ सेवा पाउने बताए। 

बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५४ वटा शाखा कार्यालय, २१६ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ रहेको छ।