BIZMANDU
www.bizmandu.com

नेपाललाई कलाको गन्तव्य बनाउन टर्किस एयरलाइन्सको सहकार्य, मोनाको आर्ट फेस्टिभलमा सघाउने

२०७८ असोज १८

काठमाडौं। नेपालको पर्यटन प्रवर्द्धनका लागि टर्कीको ध्वजावाहक कम्पनी टर्किस एयरलाइन्सले म्युजियम अफ नेपाली आर्ट (मोना) सँग सहकार्य गरेको छ।

Tata
GBIME

नेपाललाई कलाको गन्तव्यको रुपमा प्रवर्द्धनसँगै क्यान्सर संक्रमित बालबालिकालाई सहयोग गर्ने उद्देश्यले यो सहकार्य गरिएको कम्पनीले जनाएको छ।

मोनाले आयोजना गर्न लागेको आर्ट फेस्टिभलमा सहभागीमध्ये एक भाग्यशाली अवलोकनकर्ताले एयरलाईन्सको युरोपतर्फको निःशुल्क टिकट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार आर्ट फेस्टिभल आउँदो अक्टोबर ७ देखि ९ तारिखसम्म आयोजना हुनेछ।

नेपाली कला प्रवर्द्धनका लागि मोनाले पहिलोपटक आर्ट फेस्टिभल आयोजना गर्न लागेको जनाएको छ। यो महोत्सवमा देशभरका ३३ जना कलाकर्मीले 'लाइभ आर्ट' प्रस्तुत गर्नेछन्।

सन् १९९३ मा स्थापना भएको टर्किस एयरलाइन्सले सुरुमा पाँचवटा जहाजमार्फत आफ्नो सेवा सुरु गरेको थियो।

स्टार अलायन्सको सदस्य रहेको कम्पनीले हाल तीन सय ५१ वटा जहाजमार्फत विश्वभर तीन सय २६ वटा मुलुकमा यात्रु तथा कार्गो उडान सेवा दिँदै आएको छ।