Bizmandu
www.bizmandu.com

राष्ट्र बैंकबाट कडा निर्देशन आउनुका पछाडि हाम्रै कमजोरी होला नि, सुदेश खालिङको अन्तर्वार्ता

राष्ट्र बैंकबाट कडा निर्देशन आउनुका पछाडि हाम्रै कमजोरी होला नि, सुदेश खालिङको अन्तर्वार्ता


सुदेश खालिङ वित्तीय क्षेत्रका 'पायोनियर' सीइओ हुन्। लक्ष्मी बैंकमा चार वर्षे कार्यकाल पुरा गरेपछि सक्रिय बैंकिङबाट तीन वर्षदेखि बाहिर रहेका खालिङलाई एभरेष्ट बैंकले पहिलो पटक नेपाली सीइओका रूपमा नियुक्त गरेको छ। स्ट्यान्डर्ड चार्टर्ड (तत्कालिन ग्रिण्डलेज) बैंकबाट करियर थालेका खालिङले बैंकको जोखिममा नियन्त्रणमा बसेर धेरै काम गरेका छन्। चार्टर्ड र लक्ष्मी दुवै कन्जरभेटिभ बैंकिङ गर्ने संस्था हुन्। खालिङ त्यही बिरासत बोकेर एभरेष्टमा छिरेका छन्। यसै सन्दर्भमा बिजमाण्डूका सुदर्शन सापकोटाले खालिङलाई सोधे- एभरेष्ट बैंकले पहिलो पटक नेपाली सीइओ नियुक्त गरेको छ। अब तपाइँ अलिकति लामो ग्यापपछि सक्रिय बैंकिङमा फर्किनु भएको छ। कति दबाब, कति अवसर, कसरी लिनु भएको छ?
सक्रिय बैंकिङबाट तीन वर्षदेखि टाढा भए पनि गैरकार्यकारीको रूपमा म बैंकिङमै सक्रिय थिएँ। सिटिजन्स् बैंकको सञ्चालक भएर काम गरिरहेको भएर मलाई बजारमा के भइरहेको छ भन्ने राम्रैसँग थाहा भइरहेको थियो। 



अवस्था के पर्‍यो भने- लक्ष्मी बैंकको सीइओबाट म अवकाश हुँदै गर्दा पनि तरलता अभाव चर्किएको थियो र अहिले एभरेष्ट बैंकमा छिर्दै गर्दा पनि तरलता अभाव भइरहेको छ। त्यसैले मलाई अवस्था खासै फरक छैन। नेपालमा यो खालको उतारचढाव भनेको नियमित प्रक्रियाजस्तो भएको छ। त्यसैले मैले यसलाई ठूलो चुनौतीका रूपमा लिएको छैन। 

तरलता अभाव हुनुका केही कारणहरु छन्- हामीले पनि त्यस बारेमा अध्ययन गरिरहेका छौं। पूर्व सूचना वा सचेतनाबिना सीसीडीबाट सीडीमा हामी आयौं- यसले अलिकति तरलता अभावलाई सघाएको देखिन्छ। फर्किएर हेर्दा यो अभावलाई अलिकति सहजीकरण गरेर लैजान सकिन्थ्यो कि जस्तो पनि देखिन्छ। सीसीडीबाट सीडी हुँदाखेरी एभरेष्ट बैंकको ६/७ प्रतिशत बिन्दुले क्षमता घटेर गयो। झन्डै झन्डै डेढ खर्बको निक्षेपमा सात प्रतिशत भनेको ठूलो हो। 

धेरै बैंकहरु सीडी ९० प्रतिशतभन्दा माथि गएका छन्। यसले गर्दा अहिले निक्षेप खोसाखोस पनि भएको छ। ब्याज सम्बन्धी धेरैवटा नीति नियम छन्- यसले पनि चुनौती थपेको छ। निक्षेपको होस् या ऋणको ब्याज दर- आफूले चाहेको बेलामा चाहेको दरमा परिवर्तन गर्न पनि सकिँदैन। नियमन कडा हुँदै गएको छ। यसले चुनौती थपेको छ।

काम गर्न अलिकति चुनौती छ। यो भनेको आज मात्र होइन हिजो पनि चुनौतीपूर्ण थियो। नियमन अझ साँघुरो भएर आउँदा अलिकति गाह्रो हुन्छ। तर यो भनेको हाम्रो कारणले नै होला कि। राष्ट्र बैंकबाट धेरै नियमन छ। त्यसैले हामीले पनि धेरै लचकता अपनाएर काम गर्नु परेको छैन।

---

तरलतासँग सम्बन्धी चुनौती त बाह्य भयो। पहिलो नेपाली सीइओको रूपमा चाहिँ केही जिम्मेवारीहरु बढी होलान्। यसले दबाब बढाएको होला?
पञ्जाब नेशनल बैंक (पीएनबी) जस्तो प्रुडेन्ट बैंकले व्यवस्थापन गरिरहेको एभरेष्ट बैंकमा कुनै स्वास्थको समस्या छैन। यहाँको संस्कार धेरै राम्रो छ। यहाँको राम्रो पक्ष भनेको- यहाँ धेरै लामो समयदेखि काम गरेका 'लोयल' कर्मचारीहरु छन्। अनुभवी कर्मचारी छन्। यो भनेको एभरेष्ट बैंकको सम्पत्ति हो। 

यही कुरा चाहिँ अलि बढी चुनौतीपूर्ण भएन र? पुराना कर्मचारी छन्- तपाइँ नयाँ सोचसहित एभरेष्टलाई हाँक्नुपर्छ भनेर आउनु भएको छ। तपाइँलाई चुनौती होला नि?
त्यो पाटोबाट विश्लेषण गरिनु हुँदैन। बैंकिङमा सबैभन्दा धेरै काम लाग्ने भनेकै अनुभव हो। मान्छेजति अनुभवी भयो त्यति परिपक्व काम हुन्छ। अनुभवी मान्छेलाई हामीले परिवर्तनका लागि तयार पार्न सक्यौं भने त झन् राम्रो नतिजा आउँछ। 

हो, अलिकति परिवर्तन भएर काम गर्दा मान्छेहरु परिवर्तनसँग डराउँछन्- के होला, कसो होला भन्ने पक्कै हुन्छ। तर यहाँ त्यो समस्या छैन। हुन त त्यस्तो छैन भनेर अहिले नै भन्नु हतार होला। मेरो व्यक्तिगत अनुभवमा- धेरै सहयोगी कर्मचारी छन्। 'अहिलेको अवस्थामा हामी कहाँ हुनुपर्ने र हामी कहाँ छौं' भन्ने कुरा राम्रोसँग यहाँका कर्मचारीले बुझेका छन्। त्यसैले अब हामी कसरी अगाडि बढ्नु पर्छ भन्ने कुरामा सबै जनालाई थाहा छ।

हिजो भारतीय सीइओ आउँथे, उभन्दा तल पनि भारतीय नै हुन्थे। अहिले पनि छन्। उनीहरु तीन वर्षका लागि आउने हुन्। उनीहरुले नेपालको माटो बुझेका हुन्थेनन्। ग्राहक मनोविज्ञान बुझेका हुन्थेनन्। 'हामी कहाँ हुनुपर्ने कहाँ छौं' भन्ने कुराले नै नेपाली सीइओ राखेका हुन् नि होइन?
त्यस्तो होइन। पीएनबीबाट खटिएर आउने प्रमुख कार्यकारी अधिकृतहरु अनुभवी हुन्छन्। बैंकर नै आउने हुन्। बैंकरले के गर्नु पर्छ भन्ने राम्ररी थाहा पाएको हुन्छ। ग्राहकसँग  सम्बन्ध कसरी राख्नु पर्छ भन्नेमा बैंकरलाई राम्रो थाहा हुन्छ। हो, यहाँको बजार, यहाँको माटो, यहाँको ग्राहक मनोविज्ञान बुझ्न केही समय लाग्थ्यो होला। त्यही भएर यहाँको सञ्चालक समितिबाट पीएनबीलाई धेरै पटक सीइओ तीन वर्षका लागि होइन ४/५ वर्षका लागि पठाइदिनुस् भनेर आग्रह भएको हो। पीएनबीको नियममा ३ वर्षभन्दा बढीका लागि पठाउन पाइँदैन। 

पीएनबी सरकारी बैंक हो। पीएनबीको नियम परिवर्तनका लागि वित्त मन्त्रालय, रिजर्भ बैंक अफ इण्डिया (आरबीआइ) को सहमति चाहिन्छ। त्यसले गर्दा कार्यकालको समय बढाउन सम्भव भइरहेको थिएन। तर, त्यहाँबाट जहिले अनुभवी सीइओहरु नै आउनु हुन्थ्यो। ग्राहकसँग उहाँहरुको ग्याप भएजस्तो लाग्दैन। 

लक्ष्मी बैंकमा हुँदाखेरी दुवै बैंकको मर्जर अगाडि बढाउने विषयमा आबद्ध भएको थिएँ। एभरेष्टसँग कुराकानी गर्ने लगायतका काम गरेको थिएँ। मर्जरमा हाम्रो चाहना थियो, राष्ट्र बैंकको पनि चाहना थियो। सबै कुरा राम्रोसँग अगाडि बढेको थियो। त्यसका बाबजुद पनि हुन सकेन, भएन। यसका विविध कारणहरु छन्, त्यसपछि बन्द भयो।

---

'कहाँ हुनुपर्ने बैंक कहाँ छ' भन्ने रियलाइजेसन त त्यत्तिकै आएन होला नि त!
कहाँ हुनुपर्ने बैंक कहाँ छ भन्ने कुरा मैले फरक प्रसंगमा गरेको हुँ। कोभिड सुरुभन्दा अगाडि बैंकको अवस्था जुन थियो कोभिडपछि बैंकको अवस्था अलिकति खस्किएको छ। खस्किएको भन्नुको अर्थ- महामारीमा पक्कै पनि अलिकति कन्जरभेटिभ भएर जानैपर्ने हुन्छ। त्यो हुँदाखेरी जुन रुपमा व्यापार हुनुपर्ने थियो त्यो अनुसार हुन नसकेको भन्ने हो।

अब हामीलाई लागेको चाहिँ हामी धेरै गर्ने सक्छौं भन्ने हो। हामी सक्षम छौं भन्ने अनुभुति हो र त्यही अनुसार हामी अगाडि बढ्नु पर्छ भन्ने  पनि हो। हामी अलिकति 'स्लो' भएको अन्य कारणले होइन- कोभिडका कारणले हो। यसको असर सबै बैंकलाई परेको छ। कसले कसरी म्यानेज गरे भन्ने मात्र हो। आजको दिनमा हाम्रो ग्रोथ नभएको होइन, अलिकति कम भएको मात्र हो। हामीले एकदमै प्रुडेन्ट बैंकिङ गरिरहेका छौं- जुन कुरा अहिलेको निष्क्रिय कर्जा अनुपात (एनपीए) ले पनि देखाउँछ। 

परम्परागत हिसाबले चलेका कारण व्यापार बढाउनुपर्ने, नयाँपन दिनुपर्ने, सेवामा विविधता पनि दिनुपर्ने। थुप्रै काम पो गर्नु पर्ने देखियो त?
काम त जहिले पनि गर्नै पर्छ। काम गर्ने सिलसिलामा सेवा बिस्तारमा ध्यान दिने हो। ग्राहकलाई दिनुपर्ने जति पनि सेवा सुविधा छ, त्यो हामीले दिइ नै रहेका छौं- अरु बैंकभन्दा कम दिएको भन्ने अवस्था छैन। आजको दिनमा अलिकति फिन्टेकमा अगाडि बढ्नुपर्ने छ। यसमा ग्राहकलाई अझ सहज रूपमा आधुनिक बैंकिङ सुविधाहरुमा हामी काम गरिरहेका छौं। अहिलेको फोकस नै यसैमा छ। 

आन्तरिक रूपमा पनि कसरी 'प्रविधि केन्द्रित' भएर काम गर्ने भनेर हामीले त्यसमा लक्षित भएर सुधार गर्न थालिसकेका छौं। हामीले नतिजा दिने भनेको- बेटर सर्भिसमा हो। त्यसमा म आउनुअघिको व्यवस्थापन पनि सचेत थियो। बजारमा भएका असल अभ्यासहरुलाई हामीले 'एडब्ट' गर्दै जान्छौं। यो भनेको लाद्ने कुरा होइन, सकिने कुरा पनि होइन- यो निरन्तर गरिरहने प्रक्रिया हो। 

संयुक्त लगानीको बैंक, पुरानो बैंक। जेजति यसको इतिहासले आर्जन गर्‍यो त्यो बाहेक एभरेष्टले नयाँपन दिन सकेको छैन। पछिल्लो समय प्रतिष्पर्धा निकै बढेको छ। तर एभरेष्ट बिस्तारै भिजिवल देखिन छाडेको छ- पोर्टफोलियोमा होस् या सेवामा। ६ महिना कुलिङमा बस्दा थुप्रै कुरा अध्ययन गर्नु भयो होला। एभरेष्टको समस्या के देख्नु भयो?
एभरेष्ट बैंकको आफ्नै छुट्टै खालको बजार छ। यसका छुट्टै खालका ग्राहकहरु छन्। उनीहरुलाई हामीले सेवा सुविधामा नयाँपन दिन जहिले प्रयास गरिरहेका हुन्छौं। पछिल्लो दुई वर्ष कोभिडका कारण हामी अलिकति कन्जरभेटिभ नै थियौं। तर पनि हामीले व्यापार बढाएका थियौं। केही बैंकहरुले निकै बढाए होलान् तर हाम्रो डेढ खर्बको पोर्टफोलियो भनेको राम्रो हो। 

पछिल्लो ६ महिना हेर्दाखेरी हामीले निकै राम्रो वृद्धि गरेका छौं। पोर्टफोलियो हाम्रो भिजिबल छ। ‍‍हामी अझै पनि ग्रोथ गर्न खोजिरहेका छौं। अलिकति तरलताले चुनौती थपेको छ। त्यसको बाबजुद पनि हामीले गरिरहेका छौं। मैले एभरेष्टमा बाहिर बसेर होस् या भित्र बसेर- त्यस्तो खासै समस्या देखेको छैन।

कहीँ स्क्रु टाइट गर्नुपर्ने, कहीँ स्क्रु अलिकति लुज गर्नुपर्ने- केही त विश्लेषण गर्नु भएको होला नि?
जहाँ सुधारको आवश्यक छ त्यहाँ गर्नैपर्छ। यो नियमित प्रक्रिया हो। मेरो आफ्नो विज्ञता भनेको- जोखिममा हो। त्यहाँ थप सुधारका लागि काम भइहाल्छ। कम्प्लायन्समा गर्नुपर्ने सुधार हामीले गर्नैपर्छ- यो पनि नियमित प्रक्रिया हो। जोखिमहरु पनि डाइनामिक हुन्छ। सधैं एउटै खालको हुँदैन। अहिले फेरि धेरै कुरा नियमनभित्र छ। कम्प्लाइ गर्दा पनि धेरै हदसम्म जोखिम व्यवस्थापन भइरहेको हुन्छ। 

यो स्तरको नियमन हुनु पर्ने/नपर्नै आफ्नो ठाउँमा होला- तर यसले जोखिम न्यूनीकरण गर्न हामीलाई निकै सहज भएको छ। आज हामीले जे गरिरहेका छौं त्यो मात्र गरेर हुँदैन। हामीले सबै क्षेत्रमा सुधार गर्नै पर्छ। सबैभन्दा ठूलो सुधार भनेको- सेवा प्रवाहमा हो। यसलाई केन्द्रमा राखेर अन्य सबैतिर सुधार गरिरहनु पर्छ। 

कन्जुमर तथा रिटेल प्रडक्टमा एभरेष्ट बैंक भनेको पायोनियर हो। होम लोनमा एकदमै राम्रो छ एभरेष्ट बैंकको। आज सबै बैंकको फोकस कन्जुमर र रिटेल बिजिनेस हो- त्यसमा हामी पहिलेबाटै छौं। हाम्रो निक्षेपको मिश्रण पनि निकै राम्रो छ। हाम्रो सबल पक्ष भनेको भारतबाट आउने रेमिटेन्स हो। पीएनबीको १४ हजार शाखाबाट रेमिटेन्स भित्रिन्छ। 

आजको दिनमा हामीले केही योजना बनाएका छौं। अल्पकालमा हामी त्यही बाटोमा हिँड्छौं। भविष्यमा नयाँ नयाँ योजना बन्दै जान्छन्। त्यो बेला काम पनि बढेर जान्छ। त्यतिबेला जे पनि हुन सक्छ। अहिले नै यो पनि गर्ने त्यो पनि गर्ने भनेर हुँदैन। एउटा दिशामा हिँडेको बैंकलाई ठ्याक्कै अर्को दिशामा लैजान समस्या हुन सक्छ। 

---

चार वर्षका लागि कस्तो म्यान्डेड लिएर आउनु भएको छ? तपाइँका पालामा एभरेष्टलाई कुन स्तरमा देख्न पाउँछौं?
म्यान्डेट कस्तो भने- पक्कै पनि बैंकको प्रगति गर्ने हो। जुन स्तरको एनपीए छ त्यसलाई त्यही स्तरमा कायम राखेर ग्रोथ गर्ने भन्ने हो। यहाँ अलिकति चुनौतीपूर्ण छ। यसको अर्थ एनपीए व्यवस्थापन गर्ने भनेर व्यापार ग्रोथ नगरी बस्ने भन्ने होइन। हामी ग्रोथ पनि गर्दै जानु छ। भएको स्रोत साधनबाट अगाडि बढाउने हो।

केही लक्ष्य निर्धारण गर्नु भएको होला नि?
प्रमुख कार्यकारीको पक्कै पनि लक्ष्य हुन्छ नै। सञ्चालक समितिसँग एक खालको प्रतिबद्धता हुन्छ। एउटा कार्यकालमा गर्नका लागि एउटा योजना बनाइएको हुन्छ। त्यसलाई पछ्याउने हो।

सञ्चालक समितिसँगको प्रतिबद्धता भनेको लाभांश नै हो। यतिभन्दा घट्न हुँदैन भन्ने। अर्को भनेको एभरेष्ट बैंकको व्यापार बढाएर एउटा यो स्तरमा पुर्‍याउने भन्ने हो!
यहाँ अलिकति फरक छ। मलाई जहाँसम्म लाग्छ- कुनै पनि बैंकमा सञ्चालक समितिले मलाई यति नै रिटर्न (प्रतिफल) चाहियो भनेर भन्दैनन्। अनौपचारिक रूपमा भन्लान् तर टार्गेट नै दिने भन्ने चाहिँ हुँदैन नै होला सायद। हामीले सबै सरोकारवालाको अपेक्षा पुरा गर्नुपर्ने हुन्छ। त्यो भनेको सेयरधनी मात्र होइन। हो, कति प्रतिफल उचित भन्ने कुरा छलफल त हुन्छ। तर यति नै हुनु पर्छ भन्ने न सञ्चालक समितिबाट कुरा आउँछ न त मेरोतर्फबाट त्यस्तो प्रतिबद्धता नै छ। 

हिजो भारतीय सीइओले गरेभन्दा फरक के गर्नु हुन्छ तपाइँले? टार्गेट त होला नि?
मलाई लाग्छ- जुन हिसाबले एभरेष्ट बैंक व्यवस्थापन भएर आएको छ त्यसमा पीएनबीको ठूलो हात छ। बैंक निकै बलियो छ। त्यो बलियो कायम गर्ने भन्नेमा नै हाम्रो फोकस बढी हुने छ। यसको अर्थ यो होइन कि सधैं पीएनबीबाटै व्यवस्थापन आउनु पर्छ। नेपालीहरु पनि धेरै सक्षम भइसकेका छन्। त्यही भएर सञ्चालक समितिले एउटा 'बोल्ड' निर्णय लिएको हो। सञ्चालक समितिमा पीएनबी पनि छ। पीएनबी पनि यसमा राजी भएर नै नेपालीलाई प्रमुख कार्यकारी अधिकृत बनाएको हो।

सञ्चालक समितिले मलाई प्रष्ट भनेको छ- प्रुडेन्ट बैंकिङ हामीले गरेका छौं। यसमा कायम रहनु पर्छ। कुनै पनि कुरामा हतार गर्ने वा आक्रामक हुने हुनु हुँदैन। 

एकदमै कन्जरभेटिभ भएर जाने भन्ने पनि होइन। जोखिम ब्यवस्थापन गर्दै व्यापार बिस्तार गर्ने भन्ने हो। हामीले शाखा सञ्जाल बिस्तार गर्न थालेका छौं। तीन वर्षदेखि यसमा भएको थिएन। हाम्रो स्ट्रेन्थ भनेको रिटेल हो। त्यसैले हामीलाई भएको शाखाले पुग्ने कुरा भएन। १२ वटा खुल्ने क्रममा छ। अझ १५ वटा शाखा खोल्ने योजना छ। सञ्चालक समितिलाई अगाडि बढ्ने कुरामा मनाउन गाह्रो छैन। 

पीएनबीको व्यवस्थापनबाट एभरेष्ट बाहिर निस्किएको छ। तर अझै पनि २० प्रतिशत सेयर पीएनबीको भएको हुँदा उनीहरुका मान्छे तपाइँ मुन्तिर छँदैछन्। यो लिगेसीका लागि राखिएको होला। तर यसले काम गर्न तपाइँलाई केही बिझाउन पनि त सक्छ। किनभने उनीहरु पुरानै माइन्डसेटमा छन्। हैन?
मैले अरु विदेशी बैंकमा पनि काम गरेको छु। हाम्रो आन्तरिक जुन प्रक्रिया हुन्छ विदेशी बैंकमा त्यो हुँदैन। सन्सारभरीकै शाखामा एउटै तरिकाले काम हुन्छ। एभरेष्ट बैंक पीएनबीको सहायक कम्पनी होइन, पीएनबी सेयर साझेदार मात्र हो। सहायक कम्पनी नभएपछि पीएनबीको सबै कुरा यहाँ हुनु पर्छ भन्ने हुँदैन। र, पीएनबीले पनि आफूले भनेकै हुनुपर्छ भनेर भनेको अवस्था कहिले पनि छैन। त्यसैले सशंकित हुनुपर्ने अवस्था छैनौं हामी। सञ्चालक समितिमा उनीहरु छन्। व्यवस्थापनमा छन्। कहीँ पनि उनीसँग नेपालीको मतभेद छैन। 

एकदमै कन्जरभेटिभ भएर जाने भन्ने पनि होइन। जोखिम व्यवस्थापन गर्दै व्यापार बिस्तार गर्ने भन्ने हो। हामीले शाखा सञ्जाल बिस्तार गर्न थालेका छौं। तीन वर्षदेखि यसमा भएको थिएन। हाम्रो स्ट्रेन्थ भनेको रिटेल हो। त्यसैले हामीलाई भएको शाखाले पुग्ने कुरा भएन। १२ वटा खुल्ने क्रममा छ। अझ १५ वटा शाखा खोल्ने योजना छ। सञ्चालक समितिलाई अगाडि बढ्ने कुरामा मनाउन गाह्रो छैन। 

---

पीएनबीसँगको साझेदारी (मान्छे) हामीले नवीकरण गर्दै आएका छौं। सुरुका दिनमा यो साझेदारीले फाइदा पनि गर्यो होला। तर पछिल्लो १० यता नै हेरौं न पीएनबीसँगको साझेदारीले एभरेष्टलाई न क्षमता अभिवृद्धिमा, न प्रविधि हस्तान्तरणमा। न नयाँ व्यापारका बाटोहरु खोल्ने कुरामा- केहीमा त सघाएको छैन। अब पीएनबीसँगको साझेदारीका बारेमा सोच्ने बेला भएन र? 
साझेदारी हो सहायक कम्पनी होइन। त्यसैले हामीलाई यहाँ काम गर्न केही गाह्रो पनि छैन। पीएनबीले यत्तिका वर्ष बैंकलाई व्यवस्थापन गरेर यो अवस्थासम्म ल्याइपुर्‍याएको छ। कुनै प्रडक्ट ल्याउन हामीलाई मार्गदर्शन गरेको छ। भारतमा उनीहरु होम लोनको पायोनियर हुन्। त्यसले हामीलाई यहाँ सघायो, जुन कुराले एभरेष्ट बैंकलाई राम्रो भएको छ। आइडिया एक्सचेञ्जमा काम भइरहेको छ, जुन कुरा देखिँदैन। पीएनबीबाट तीन/तीन वर्षमा नयाँ मान्छे आउँदा नयाँ आइडिया पनि आएको हुन्छ। ग्लोबल बिजिनेस आइडिया नभए पनि छिमेकीको आइडिया आउँछ। त्यसले राम्रो पनि गरिरहेको छ।

होम लोन भनेको एउटा सानो कुरा भयो। पीएनबीको साझेदारीबाट के हाम्रो अपेक्षा पुरा भएको छ त? हामीले यत्तिनै अपेक्षा गरेका थियौं? 
एभरेष्ट बैंकको आज जुन अवस्था छ त्यो त पीएनबीबाटै भएको हो नि। यत्रो महामारीबाट, विगतका संकटबाट पनि पीएनबीकै व्यवस्थापनले जोगाएर ल्याएको हो नि। 

पीएनबीसँगको साझेदारीका बारेमा सोच्न हुँदैन। यो जारी रहनु पर्छ। म्यानेजमेन्ट कन्स्ट्रक्ट चाहिँ नवीकरणका बारेमा बहस गर्न सकिएला। अरु बैंकमा पनि त साझेदारी जारी छ। एभरेष्टको व्यवस्थापनलाई पीएनबीले सक्षम बनाएको छ। त्यसो हुँदा क्रमिक रूपमा उताबाट व्यवस्थापक आउने कुरामा कमी हुन सक्छ। हाललाई त म भर्खर आएको छु। पाँच वर्षका लागि पीएनबीको म्यानेजमेन्ट (केही कर्मचारी) कन्ट्रयाक्ट हुने क्रममा छ। त्यसपछि सोच्नुपर्ने हुन सक्छ। राष्ट्र बैंक पनि त्यही चाहिरहेको छ। यहीँका मान्छे सक्षम छन् भन्ने नियामकले ठानेको छ। 

पीएनबीले नेपालको बैंकिङ उद्योगमा पनि खास योगदान गर्न सकेन। जस्तो स्ट्यान्डर्ड चार्टर्ड, नबिलकै प्रडक्टहरु धेरै बैंकमा प्रमुख कार्यकारी भएका छन्। उच्च व्यवस्थापनसम्म बनेका छन्। एभरेष्टबाट पनि त्यो अपेक्षा त हुन्छ नि?
त्यो त एभरेष्टका लागि राम्रो हो नि। अनुभवी मान्छेहरु यहीँ बसेका छन्। छोडेर जाँदा मात्र राम्रो हुने भन्ने त होइन नि! प्रमुख कार्यकारी भएर यहाँका मान्छे नगएका होलान् तर उच्च र मध्य व्यवस्थापनमा धेरै मान्छेहरु गएका छन्। पीएनबीबाट सीइओ र त्यसभन्दा मुनीको व्यवस्थापनमा आउने कारणले एभरेष्टका मान्छेहरु माथिल्लो पदसम्म पुग्न नसकेको पक्का हो। तर  मध्यम व्यवस्थापनमा धेरै संस्थालाई एभरेष्टले योगदान गरेको छ। 

एभरेष्टमा एउटा नेपाली पहिलो पटक सीइओ हुनु भएको छ। पुराना कर्मचारी यहाँ धेरै छन्। एउटा फरक हिसाबले, नयाँपन दिने हिसाबले अगाडि बढ्नुपर्ने छ। त्यसो हुँदा व्यवस्थापनमा एउटा 'रिस्ट्रक्चरिङ' आवश्यक छ भन्ने लाग्छ तपाइँलाई? जस्तो नबिल पनि दुई वर्षदेखि रिस्ट्रक्चरिङमा गएको छ। यहाँ के सम्भावना छ?
यहाँनेर ठूलै खालको रिस्ट्रक्चरिङ गर्ने वा बाहिरबाट व्यापक कर्मचारी ल्याउने भन्ने हाम्रो अहिले योजना छैन। नबिल बैंकले गर्‍यो। उसले एउटा टार्गेट सेट गरेर गरेको हो। हाम्रोमा तत्कालिन अवस्थामा छैन। तर क्रमिक रुपमा त्यो आवश्यकता पनि महसुस हुँदै गयो भने त्यो गर्दैनौं वा गर्न सकिँदैन भन्ने हुँदैन। आवश्यकता अनुसार हामी त्यो पनि गर्न सक्छौं। सम्भावना सधैं रहन्छ। 

आजको दिनमा हामीले केही योजना बनाएका छौं। अल्पकालमा हामी त्यही बाटोमा हिँड्छौं। भविष्यमा नयाँ नयाँ योजना बन्दै जान्छन्। त्यो बेला काम पनि बढेर जान्छ। त्यतिबेला जे पनि हुन सक्छ। अहिले नै यो पनि गर्ने त्यो पनि गर्ने भनेर हुँदैन। एउटा दिशामा हिँडेको बैंकलाई ठ्याक्कै अर्को दिशामा लैजान समस्या हुन सक्छ। 

राष्ट्र बैंकले कुलिङमा गरेको कडाइले पहिलो असर तपाइँलाई पर्‍यो बाहिरबाट हेर्दा। यो नीति कत्तिको व्यवहारिक हो? राष्ट्र बैंकको अनावश्यक भूमिका खोज्न खोजेको भन्ने पनि छन्!
राष्ट्र बैंकले भूमिका खोज्नका लागि पक्कै गरेको होइन। नियामकले बाध्यकारी अवस्था आएर नै गरेको हुन्छ। मलाइ के लाग्छ भने- यसमा स्वतन्त्र सञ्चालक र अन्य सञ्चालकबीच अन्तर हुनुपर्छ। स्वतन्त्र सञ्चालक भनेको विज्ञका रूपमा गएको हुन्छ। उसको वित्तीय स्वार्थ हुँदैन। त्यस्ता सञ्चालकहरुलाई चाहिँ सामान्य सञ्चालकलाई जस्तो रोक लगाउने कुरामा अलिकति पुनर्विचार हुनुपर्छ कि जस्तो लाग्छ। 

जस्तो प्रमुख कार्यकारी भइसकेको मान्छे सञ्चालकमा जान यस्ता कुराहरुले त्यति प्रोत्साहन गर्दैन कडाइ धेरै हुँदा। बैंकको सीइओ सञ्चालक भएर जाँदा संस्थाको कम्प्लायन्समा, संस्थागत सुशासनमा सुधार हुन्छ। भ्यालु एड हुन्छ। ६ महिनाको व्यवस्था छ। यो कसैका लागि लामो होला कसैले छोटो भयो पनि भन्लान्। कुलिङ पिरियड राखे पनि केही छोटो हुनुपर्छ। व्यवहारिकता हेरेर गरिनु  उचित हुन्छ। एक/डेढ महिनासम्म ठिकै होला। 

धेरै बैंकहरु सीडी ९० प्रतिशतभन्दा माथि गएका छन्। यसले गर्दा अहिले निक्षेप खोसाखोस पनि भएको छ। ब्याज सम्बन्धी धेरैवटा नीति नियम छन्- यसले पनि चुनौती थपेको छ। निक्षेपको होस् या ऋणको ब्याज दर- आफूले चाहेको बेलामा चाहेको दरमा परिवर्तन गर्न पनि सकिँदैन। नियमन कडा हुँदै गएको छ। यसले चुनौती थपेको छ।

---

अब अलिकति एभरेष्टभन्दा बाहिर जाउँ। मैले तथ्यांकहरु हेरिरहेको थिएँ। तपाइँले सक्रिय बैंकिङ छाडेर जाँदा पनि तरलताको अभाव भएको थियो आज तपाइँ फर्किँदा पनि त्यही हालत छ। बाहिर बसेर तपाइँले हेर्नु, विश्लेषण गर्ने मौका पाउनु भयो। के कारणले यो समस्या बारम्बार आउँछजस्तो लाग्छ? हामी दुई/तीन महिनाको अवस्था पनि अनुमान गर्न नसक्ने भएका हौं?
यसअघि भएको तरलता र अहिले भएको तरलता अभावमा केही भिन्नता भने छ। यसपाली सीसीडी रेसियोलाई हटाएर सीडी बनाउँदा अभाव सृजना भएको हो। तरलता हाम्रो सधैंको समस्याजस्तो बन्न पुगेको छ। जब ब्याज दर  तरलता बढेपछि घट्छ। त्यो बेला प्रतिस्पर्धा आधार दर घटाएर सस्तोमा ऋण बिस्तार गर्ने भन्ने हुन्थ्यो। बढीभन्दा बढी कर्जा दिनमा हामी व्यस्त भयौं। कर्जा दिँदाखेरी हामी बैंकरहरु चुकेका छौं। अत्यधिक मात्रामा ऋण बढाउँदा के हुन्छ भनेर हेर्न बैंकरहरु चुकेको हो। लकडाउनमा सबै बन्द हुँदा पनि बैंकको ऋण रोकिएको थिएन। अधिकांश बैंकले राष्ट्र बैंकले प्रक्षेपण गरेभन्दा धेरै माथि गयो।

त्यो ऋण कस्तो ठाउँमा गयो त? ब्याज सस्तो भएपछि माग उच्च आयो। आएजति सबैलाई ऋण दिइयो। त्यो बेला हामीले अलिकति धैर्य गरेको भए यो अवस्था नआउन सक्थ्यो। 
हिजोको सस्तो रेट हेरेर ऋण लिएकाहरु आज समस्यामा पर्ने अवस्थामा छ। किनभने ऋण बढेको छ। अभावको कारणले कमिट गर्न सकेको पैसा दिन नसक्ने अवस्था पनि आएको छ। यो त बैंकरको समस्या भयो। उनीहरुका कारण समस्या निमत्यो। यही कारण अहिले बैंकरले निक्षेप खोसाखोस गर्न थालेका छन्। हामी यहाँनेर सचेत हुनु आवश्यक छ। 

राष्ट्र बैंकबाट कडा कडा निर्देशनहरु आइरहेको छ। त्यो आउनुको पछाडि त हाम्रो गल्तीले हाम्रो कमजोरीले नै हो नि। ब्याज दरमा यति धेरै निर्देशन किन आयो त? 

म तीन वर्षपछि सक्रिय बैंकिङमा फर्किँदा पनि अवस्था उही छ। मैले बैंकका साथीहरुसँग भन्ने गरेको छु मलाई त खासै नयाँपन नै लागेन। पहिले ब्याज जुनसुकै बेला बढाउन मिल्थ्यो, अब भने महिना दिनमा बढाउनु पर्छ। आधार दरको गणना तीन महिनामा हुन्छ। 

राष्ट्र बैंकले फी कमिसन सबैमा दर तोकेर बसेको छ। ब्याज कतिसम्म लिने भनेर प्रिमियमसमेत तोकेको छ। यस्तोमा तपाइँ पर्नु भएको थिएन। अब त अलिक काम गर्न गाह्रो पो होला कि?
काम गर्न अलिकति चुनौती छ। यो भनेको आज मात्र होइन हिजो पनि चुनौतीपूर्ण थियो। नियमन अझ साँघुरो भएर आउँदा अलिकति गाह्रो हुन्छ। तर यो भनेको हाम्रो कारणले नै होला कि। राष्ट्र बैंकबाट धेरै नियमन छ। त्यसैले हामीले पनि धेरै लचकता अपनाएर काम गर्नु परेको छैन।

मलाई जहाँसम्म लाग्छ- कुनै पनि बैंकमा सञ्चालक समितिले मलाई यति नै रिटर्न (प्रतिफल) चाहियो भनेर भन्दैनन्। अनौपचारिक रूपमा भन्लान् तर टार्गेट नै दिने भन्ने चाहिँ हुँदैन नै होला सायद। हामीले सबै सरोकारवालाको अपेक्षा पुरा गर्नुपर्ने हुन्छ। त्यो भनेको सेयरधनी मात्र होइन। हो, कति प्रतिफल उचित भन्ने कुरा छलफल त हुन्छ। तर यति नै हुनु पर्छ भन्ने न सञ्चालक समितिबाट कुरा आउँछ न त मेरोतर्फबाट त्यस्तो प्रतिबद्धता नै छ। 

---

लक्ष्मी बैंकको पनि प्रमुख कार्यकारी भइसक्नु भएका नाताले एभरेष्ट र लक्ष्मीको मर्जरका बारेमा स्वाभाविकरूपमा प्रश्नहरु जन्मिन्छन्। राष्ट्र बैंक पनि बिग मर्जरको पक्षमा देखिएको छ। यी दुई संस्थाको मर्जर अब हुन्छ भनेर हामी भन्न सक्छौं? वा अरु केही योजना पो छ कि?
लक्ष्मी बैंकमा हुँदाखेरी दुवै बैंकको मर्जर अगाडि बढाउने विषयमा आबद्ध भएको थिएँ। एभरेष्टसँग कुराकानी गर्ने लगायतका काम गरेको थिएँ। मर्जरमा हाम्रो चाहना थियो, राष्ट्र बैंकको पनि चाहना थियो। सबै कुरा राम्रोसँग अगाडि बढेको थियो। त्यसका बाबजुद पनि हुन सकेन, भएन। यसका विविध कारणहरु छन्, त्यसपछि बन्द भयो।

म एभरेष्टमा नियुक्त भएको लगभग सात महिना हुन लाग्यो। त्यो क्रममा न एभरेष्टको तर्फबाट लक्ष्मी बैंकमा र न लक्ष्मी बैंकको तर्फबाट एभरेष्ट बैंकलाई कुनै किसिमले अनौपचारिक/औपचारिक रुपमा केही पनि वार्ता भएको छैन। एभरेष्ट बैंकको हकमा त्यति सहज पनि छैन। जुनबेला मर्जरका लागि कुरा अगाडि बढेको थियो, त्यो बेला यहाँको बोर्डले मात्र भन्दा पनि पीएनबीले पनि छुट्टै स्वीकृति लिनुपर्ने हुन्छ आरबीआइसँग। वित्त मन्त्रालयसँग। इभन कुरा बढाउन डीडीए गर्नका लागि पनि। जुनबेला स्वीकृति लिएको थियो त्यसको अवधि सक्किसकेको छ। अब गर्ने भए पनि नयाँ स्वीकृति लिनुपर्छ। त्यसैले दुवै पक्षबीच कुनै कुरा भएको छैन। पीएनबीले उताबाट स्वीकृति नल्याइकन यो सम्बन्धी कुरा अगाडि बढ्ने सम्भावना नै छैन।

यो कुरा लक्ष्मी बैंकको सन्दर्भमा हो तर मर्जरमा जानु पर्छ। आवश्यकता पनि छ। सञ्चालक समितिलाई पनि थाहा छ। तर उपयुक्त पार्टनर भेटिनु पर्‍यो। हामीलाई पनि कतैबाट प्रस्ताव आएको छैन। मर्जरमा जाने भनेर हामीले साधारणसभाबाट स्वीकृति लिएको छैन। अबको साधारणसभाबाट त्यो लिनसक्छौं।