BIZMANDU
www.bizmandu.com

८ करोड खर्चेर न्युरोडमा जुद्ध वारुणयन्त्र भवन बनाउने कामपाको योजना, डेढ वर्षमा तयार हुने

२०७८ असोज ९

८ करोड खर्चेर न्युरोडमा जुद्ध वारुणयन्त्र भवन बनाउने कामपाको योजना, डेढ वर्षमा तयार हुने
८ करोड खर्चेर न्युरोडमा जुद्ध वारुणयन्त्र भवन बनाउने कामपाको योजना, डेढ वर्षमा तयार हुने

Tata
GBIME
Nepal Life

काठमाडौं। काठमाडौं महानगरपालिकाले करिब ८ करोड रुपैया खर्चेर जुद्ध वारुणयन्त्र भवन निर्माण गर्ने भएको छ। न्युरोडमा रहेको पुरानै भवन भत्काएर नयाँ निर्माण गर्न लागिएको हो।

महानगरपालिकाले शनिबार एक सूचना निकालेर प्राविधिक प्रस्तावमा पास भएका ९ कम्पनीको असोज १५ गते आर्थिक प्रस्ताव खोल्न लागेको जनाएको छ। 

प्राविधिक प्रस्तावमा वर्ल्डवाइड-सुशन जेभी, ड्रागन-रमिता कन्स्ट्रक्सन, महालक्ष्मी-बटु सफल जेभी, तुल्सी कन्स्ट्रक्सन, प्राकृतिक-सानु सुवाल-पवन जेभी, बाबुरत्न कन्स्ट्रक्सन, पीआर-वागमती जेभी, नव सिर्जनशील कन्ट्रक्सन कम्पनी प्रालि, गौरी पार्वती-के एण्ड केजी जेभी पास भएका छन्। सबैभन्दा कम कबोल गर्ने कम्पनीले भवन निर्माणको जिम्मा पाउनेछ।

ठेक्का पाउने कम्पनीले डेढ वर्षमा भवन निर्माण पुरा गर्नु पर्नेछ। महानगरका इन्जिनियर प्रेम श्रेष्ठका अनुसार पुरानै शैलीमा भवन निर्माण हुनेछ। पुरातत्व विभागले कायम गरेको मापदण्ड पालना गरेर भवन निर्माण हुनेछ। अगाडिपट्टी वसन्तपुर पर्ने भएकाले पुरानै शैलीमा निर्माण गर्न लागिएको हो। पछाडि भने पिल्लर प्रयोग गरेर कंक्रिट संरचना निर्माण हुनेछ।

भवन वसन्तरपुरतर्फ अहिले दुई तला मात्रै रहेका कारण सोही अनुसार दुइतलाको हुनेछ।पछाडीपट्टी तीन तलाको हुनेछ, जहाँ जुद्ध वारुणयन्त्र संग्रहालयसमेत २०७२ आएको विनाशकारी भूकम्पले क्षति पुर्‍याएका कारण भवन जोखिममा रहेको भन्दै भत्काएर नयाँ निर्माण गर्न लागिएको हो।