BIZMANDU
www.bizmandu.com

विकास बैंकहरुको ऋण चार खर्ब रुपैयाँ नाघ्यो, सातामै बढाए साढे ५ अर्ब, निक्षेप वृद्धि भने कम

२०७८ असोज ६

विकास बैंकहरुको ऋण चार खर्ब रुपैयाँ नाघ्यो, सातामै बढाए साढे ५ अर्ब, निक्षेप वृद्धि भने कम
विकास बैंकहरुको ऋण चार खर्ब रुपैयाँ नाघ्यो, सातामै बढाए साढे ५ अर्ब, निक्षेप वृद्धि भने कम

काठमाडौं। विकास बैंकहरुले एक सातामा ५ अर्ब ५१ करोड ८० लाख रुपैयाँले ऋण बढाएका छन्। निक्षेप भने २ अर्ब ४८ करोड रुपैयाँले मात्र बढाएका छन्।

Tata
GBIME
Nepal Life

विकास बैंक बैंकर्स संघले सञ्चालनमा रहेका १८ मध्ये  १५ वटा विकास बैंकको तथ्यांक सार्वजनिक गर्दै ऋण ४ खर्ब २ अर्ब ४० करोड ३९ लाख रुपैयाँ पुगेको जनएको छ। निक्षेप पनि ४ खर्ब ५१ अर्ब ८१ करोड ९४ लाख रुपैयाँ पुगेको छ।

असोज १ गतेसम्मको तथ्यांकमा कर्पोरेट, सहारा र साल्पा विकास बैंकको विवरण समेटिएको छैन। पछिल्लो साता राष्ट्रियस्तरका ८ विकास बैंकले मात्रै ५ अर्ब ३९ करोड रुपैयाँले ऋण बढाएका छन्। निक्षेप २ अर्ब ४८ करोड रुपैयाँ बढाएका छन्। 

क्षेत्रीयस्तरका ७ वटा विकास बैंकले १२ करोड ६६ लाख रुपैयाँले ऋण बढाएका छन् भने  निक्षेप ८ लाख रुपैयाँले घटेको छ।