BIZMANDU
www.bizmandu.com

दसैंमा नयाँ नोट लिन सर्वसाधारणको लाइन: राष्ट्र बैंकले बाँड्न थाल्यो, हेर्नुस् तस्बीर समाचार

२०७८ असोज ४

दसैंमा नयाँ नोट लिन सर्वसाधारणको लाइन: राष्ट्र बैंकले बाँड्न थाल्यो, हेर्नुस् तस्बीर समाचार
दसैंमा नयाँ नोट लिन सर्वसाधारणको लाइन: राष्ट्र बैंकले बाँड्न थाल्यो, हेर्नुस् तस्बीर समाचार

काठमाडौं। नेपाल राष्ट्र बैंकले दसैंका लागि आजबाट नयाँ नोट सटही सुरु गरेपछि नेपाल राष्ट्र बैंकको कार्यालयमा सर्वसाधारणको भिड लागेको छ। 

Tata
GBIME
Nepal Life

राष्ट्र बैंकले काठमाडौं कार्यालयका साथै आफ्नो प्रादेशिक कार्यालयबाट नयाँ नोट वितरण सुरु गरेको छ

राष्ट्र बैंकले कोभिड संक्रमणलाई केन्द्रमा राखेर यसपाली चाँडै नोट सटही सुरु गरेको हो। यसपाली राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई पनि दुई साता अगाडि नै नयाँ नोट उपलब्ध गराइसकेको छ। बैंक तथा वित्तीय संस्थाहरुले भने आफ्नो अनुकूलतामा नयाँ नोट सटही गर्ने छन्।

राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ नोट उपलब्ध गराएको हो। बैंकहरुले प्रति ग्राहक १८ हजार ५०० रुपैयाँसम्म सटही सुविधा उपलब्ध गराउन सक्ने छन्।