BIZMANDU
www.bizmandu.com

बजेट पारित भएपछि झन् धेरै घट्यो सेयर बजार: तीन कारण जसले बजारलाई तल लैजाँदैछ

२०७८ असोज ४

बजेट पारित भएपछि झन् धेरै घट्यो सेयर बजार: तीन कारण जसले बजारलाई तल लैजाँदैछ
बजेट पारित भएपछि झन् धेरै घट्यो सेयर बजार: तीन कारण जसले बजारलाई तल लैजाँदैछ

अपडेट: बजार ११३ अंकसम्म घटेपछि बिस्तारै रिकभर हुन थालेको छ।  सेयर बजार एक बजेर ३० मिनेट जाँदा एक सय ९ अंकले घटिसकेको छ। 

Tata
GBIME

काठमाडौं। तीन दिनको बिदापछि खुलेको सेयर बजारमा लगानीकर्ता चरम निराशामा परेका छन्। बजेट पारितसँगै खर्च गर्ने अधिकार संसदबाट पाएकै दिन सेयर बजार सवा १ बजेसम्म ९२ अंकले घटिसकेको छ। 

राष्ट्र बैंकको सेयर धितो ऋणमा गरेको कडाइपछि झर्न थालेको बजारलाई तरलता अभावले समस्यामा पारेको छ। बजार घट्न थालेपछि बढेका  बेला प्रवेश गरेका लगानीकर्ता 'प्यानिक सेल' मा परेर बाहिरिएका छन्। यसले गर्दा कारोबार रकममा पनि गिरावट आएको छ। सवा १ बजेसम्म पुगनगपुर ४ अर्बको किनबेच भएको छ।

बजारमा मुलत: तरलता अभाव र दसैंले प्रभावित पारेको लगानीकर्ताहरु बताउँछन्। असोज १ गतेबाट निक्षेपको ब्याज बढेको छ। नयाँ ऋणीको ब्याज पनि बढेको छ। कात्तिक १ गतेबाट पुराना ऋणीहरुको पनि ब्याज बढ्ने छ। 

सरकारले खर्च गर्न नसकेका कारण तरलता अभाव अझ चर्किने अनुमान गरिएको छ। यसबाहेक दसैंका लागि अहिलेबाटै पैसा जोहो गर्न थालिएको छ। एकातिर आफ्नो ब्यक्तिगत खर्चका लागि पैसा जोहो गर्नु पर्ने अवस्था छ। अर्कोतिर त्रैमासिक तथा मासिक ब्याज र सरकारी राजस्व बुझाउनका लागि पनि सेयर बेचेर पैसा जोहो गर्न थालिएको छ। 

सूचक अझै घट्छ र घटेको बेलामा निक्कै कम भाउ आउँछ भन्ने मनोबिज्ञान लगानीकर्तामा छ। त्यही भएर अहिले नै सेयर बेच्नेहरु बढ्न थालेका छन्। यद्यपी दसैं सुरु हुने अझे १६ दिन बाँकी छ।