BIZMANDU
www.bizmandu.com

दसैंका लागि कारको आयात बढयो, अन्त:शुल्क घटेपछि विद्युतीय कारको आयातको ग्राफ उकालो

२०७८ असोज ३

दसैंका लागि कारको आयात बढयो, अन्त:शुल्क घटेपछि विद्युतीय कारको आयातको ग्राफ उकालो
दसैंका लागि कारको आयात बढयो, अन्त:शुल्क घटेपछि विद्युतीय कारको आयातको ग्राफ उकालो

वीरगंज। वीरगंज नाकाबाट पछिल्लो समय कारको आयात बढेको छ। दसैंतिहार, छठको अवसर पारेर धेरैले नयाँ गाडी किन्ने भएकाले वीरगंज नाकाबाट आयात बढेको हो।

Tata
GBIME
Nepal Life

वीरगंज भन्सार नाकाको आइसीपी नाकाबाट साउन र भदौ महिनामा मात्रै २ हजार २ सय ८२ वटा विभिन्न ब्रान्डका कार भित्रिएको नेपाल इन्टर मोडेल यातायात विकास समितिका प्रमुख कमल ज्ञवालीले बताए। जबकी कोरोना महामारी उत्कर्षमा रहँदा अघिल्लो आव २०७७/७८ मा जम्मा ७ हजार ५ सय ९५ वटा कार भित्रिएका थिए।

सुक्खा बन्दरगाह भन्सारको यार्डमा यतिबेला करिब डेढ सय नयाँ कार जाँचपासको पर्खाइमा रहेको भन्सारका सूचना अधिकारी चूडामणी शर्मा कट्टेलले जानकारी दिए। सरकारले विद्युतीय सवारी साधनमा अन्त:शुल्क घटाएपछि विद्युतीय कारहरुको आयात बढेको छ।

यो नाकाबाट मासिक ३० वटा विद्युतीय गाडी आइरहेका छन्। जनजीवनमा कोरोना संक्रमणको असर कम हुँदै गएका कारण सवारी साधनको बिक्री बढ्न थालेको छ। त्यही भएर आयातको ग्राफ पनि उकालो लागेको हो।