BIZMANDU
www.bizmandu.com

टीभीएसको भृकुटीमण्डपमा दसैं एक्सचेन्ज मेला, पुरानो बाइकको मूल्यांकन बाहिरभन्दा १० हजार बढी

२०७८ असोज १

टीभीएसको भृकुटीमण्डपमा दसैं एक्सचेन्ज मेला, पुरानो बाइकको मूल्यांकन बाहिरभन्दा १० हजार बढी
टीभीएसको भृकुटीमण्डपमा दसैं एक्सचेन्ज मेला, पुरानो बाइकको मूल्यांकन बाहिरभन्दा १० हजार बढी

काठमाडौं। जगदम्बा मोटर्सले काठमाडौंको भृकुटीमण्डपमा टीभीएस ग्रान्ड दसैं एक्सचेन्ज मेला गरेको छ। असोज ६ गतेसम्म चल्ने यो मेलामा ग्राहकले कुनै पनि बाइक वा स्कुटरको सट्टामा टीभीएसको नयाँ बाइक वा स्कुटर किन्न सक्नेछन्।

Tata
GBIME
Nepal Life

एक्सचेन्ज मेलामा कुनै पनि पुरानो बाइक वा स्कुटर बजार मूल्यभन्दा १० हजार बढी मूल्यांकन पाउने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार नयाँ सवारी खरिद नगरी एक लाख रुपैयाँसम्म र किनिसकेपछि १० लाख रुपैयाँसम्म आकर्षक उपहार पाउनेछन्।

कम्पनीले शून्य ब्याजदरमा विशेष सुविधासहित किस्ताबन्दीमा सवारी साधन किन्ने योजना समेत ल्याएको छ। कम्पनीका अनुसार प्रि-बुकिङ गरे मात्रै पनि ग्राहकले दुई हजार रुपैयाँ बराबरको आकर्षक उपहार समेत पाइनेछ।

कम्पनीले एक्सचेन्ज इएमआई अफर समेत ल्याएको छ। यो अफर अन्तर्गत कुनै पनि कम्पनीको पुरानो बाइक वा स्कुटर लिएर गएमा त्यसको मूल्यांकन बराबरको रकम डाउन पेमेन्ट तिरेर बाँकी रकम इएमआईको सुरुवाती दर ५ हजार ९ सय ९९ रुपैयाँ तिरे पुग्छ।

कार्यक्रममा जगदम्बा मोटर्सका अध्यक्ष साहिल अग्रवालले नेपालीको महान चाड दसैंमा नयाँ सवारी साधन किन्ने ग्राहकलाई सहुलियत दिन एक्सचेन्ज अफर ल्याएको बताए।