BIZMANDU
www.bizmandu.com

सुनको मूल्यमा एकैदिन १ हजार ४ सयको गिरावट, ३ दिनको स्थिरतापछि चाँदी ३० रुपैयाँ घट्यो

२०७८ असोज १

सुनको मूल्यमा एकैदिन १ हजार ४ सयको गिरावट, ३ दिनको स्थिरतापछि चाँदी ३० रुपैयाँ घट्यो
सुनको मूल्यमा एकैदिन १ हजार ४ सयको गिरावट, ३ दिनको स्थिरतापछि चाँदी ३० रुपैयाँ घट्यो


काठमाडौं। सुनचाँदीको मूल्यमा गिरावट आएको छ। अघिल्लो दिनका तुलनामा सुन तोलामा १ हजार ४ सय र चाँदी ३० रूपैयाँ घटेको हो। 

Tata
GBIME
Nepal Life

शुक्रबारका लागि सुनको कारोबार मूल्य प्रतितोला ८९ हजार १ सय निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार सुन प्रतितोला ९० हजार ५ सय रुपैयाँ थियो।

यसअघि बुधबार सुन तोलामा ६ सय रुपैयाँले बढ्दा कारोबार मूल्य प्रतितोला ९१ हजार २ सय रुपैयाँ भएको थियो। बुधबारका तुलनामा बिहीबार तोलामा ७ सय रुपैयाँले घटेको थियो। 

तीन दिनदेखि १२ सयमा स्थिर रहेको चाँदी पनि शुक्रबार ३० रुपैयाँको गिरावट आउँदा प्रतितोला ११ सय ७० रुपैयाँ भएको छ। बिहीबारसम्म १२ सय रुपैयाँ तोला थियो। 

अन्तर्राष्ट्रिय बजारममै सुनचाँदीको मूल्यमा गिरावट आएको छ। बिहीबार प्रतिऔंस १७९१.९५ डलर रहेको सुन शुक्रबार घटेर प्रतिऔंस १७६२.३१ डलरमा कारोबार भएको छ। गत बुधबार १८३३.२२ डलर प्रतिऔंस थियो। 

चाँदी पनि लगातार घटेको छ। गत बुधबार २३.७२ डलर प्रतिऔंसमा कारोबार भएको चाँदी बिहीबार २३.८६ डलर थियो। शुक्रबार अझ घटेर २३.०२ डलरमा कारोबार भएको छ।