BIZMANDU
www.bizmandu.com

मेगा बैंकले मुद्दती र बचत खातामा उच्च ब्याज दिने, नयाँ बचत खाता पनि संचालनमा ल्यायो

२०७८ असोज १

मेगा बैंकले मुद्दती र बचत खातामा उच्च ब्याज दिने, नयाँ बचत खाता पनि संचालनमा ल्यायो
मेगा बैंकले मुद्दती र बचत खातामा उच्च ब्याज दिने, नयाँ बचत खाता पनि संचालनमा ल्यायो

काठमाडौं। मेगा बैंक नेपालले मुद्दती तथा बचत खातामा उच्च ब्याजदर दिने भएको छ। बैंकले ‘दशैंको बहार, मेगा बैंकको उत्कृष्ट ब्याजदरको उपहार’ नाराका साथ उच्च ब्याजदर योजना ल्याएको हो।

Tata
GBIME
Nepal Life

बैंकले मुद्दती खातामा बार्षिक ९ दशमलव ५५ प्रतिशतसम्म ब्याज दिने भएको छ। यसैगरी, बचत खातामा ६ दशमलव ०५ प्रतिशतसम्म ब्याज पाउने दिने बैंकले जनाएको छ। यो ब्याजदर अरु बैंकको भन्दा बढी भएको दाबी छ।

बैंकले वार्षिक ब्याजदर ५ दशमलव ०५ प्रतिशतसम्म रहेको मासिक रुपमा ब्याज प्राप्त हुने नयाँ बचत खाता योजना ल्याएको छ। ‘मेगा महा बचत खाता’ नामक बचत योजनामा दुई वर्षसम्म भिसा डेबिट कार्ड र मोबाइल बैंकिङ सुविधा निःशुल्क गरिएको बैंकले जनाएको छ।

दुई वर्षसम्म लकर शुल्कमा ५० प्रतिशत छुट र उपभोक्ता कर्जा शुल्कमा २५ प्रतिशत छुट सुविधा रहेको यो खाता न्यूनतम १ हजार रुपैयाँमा खोल्न सकिने बैंकले जनाएको छ।