BIZMANDU
www.bizmandu.com

आठ वर्षपछि गुण एयरलाइन्सको उडान सुरु, पुनरागमनको पहिलो दिन नै ‘फुल अकुपेन्सी’

२०७८ असोज १

आठ वर्षपछि गुण एयरलाइन्सको उडान सुरु, पुनरागमनको पहिलो दिन नै ‘फुल अकुपेन्सी’
आठ वर्षपछि गुण एयरलाइन्सको उडान सुरु, पुनरागमनको पहिलो दिन नै ‘फुल अकुपेन्सी’

काठमाडौं। निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले आठ वर्षपछि शुक्रबारबाट आफ्नो नियमित उडान सुरु गरेको छ। काठमाडौंबाट पोखरा र भरतपुरको उडान थालेको हो। पुनरागमनको पहिलो दिनका दुवै गन्तव्यको उडानका लागि फुल अकुपेन्सी रहेको कम्पनीले जनाएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले आफ्नो पहिलो उडान काठमाडौं-भरतपुर गर्न लागेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत वालकृष्ण श्रेष्ठले बताए। उनका अनुसार कम्पनीको काठमाडौं-पोखरा उडान विहान १०:४५ बजे भएको छ।

हालका लागि दुई वटा विचक्राफ्टमार्फत नियमित उडान सुरु गरिएको हो। 'आजबाट नियमित उडान सुरु गरेका छौं। पहिलो दिनको उडानमा शतप्रतिशत अकुपेन्सी कायम भएको छ,' उनले भने, 'विस्तारै हामीसँग भएको पाँचवटा जेटस्ट्रिम जहाजमार्फत उडान अनुमति पाएसँगै उडान संख्या गन्तव्य विस्तार गर्नेछौं।'

दसैं अगाडि यात्रु लक्षित विशेष अफर ल्याएर सातैवटा जहाजमार्फत सेवा दिने तयारी भइरहेको जानकारी उनले दिए। गुणले पोखरा उडानका लागि सुरुवाती भाडादर २८ सय र भरतपुरका लागि २९ सय रुपैयाँ निर्धारण गरेको कम्पनीका प्रवक्ता प्रज्वल थापाले बताए। कम्पनीले मंगलबारबाट टिकट बुकिङ खुला सुरु गरेको हो।

यतीसँग खरिद गरेको पाँचवटा जहाज प्राप्ति गरेसँगै कम्पनीसँग भएको दुई बिचक्राफ्टसहित जहाज संख्या सात पुगेको छ। सातैवटा जहाजमार्फत विराटनगर, भैरहवा, नेपालगञ्ज, सुर्खेत, जनकपुर, सिमरा र तुम्लिङटारतर्फ नियमित उडान गर्ने योजना रहेको उनले बताए।

कम्पनीले दुई वर्षभित्र नौवटा जहाजमार्फत सेवा दिने व्यवसायिक योजना बनाएको छ। दुईवटा ट्विनअटर सिरिजका जहाज थप्ने पनि योजना बनाएको छ।