BIZMANDU
www.bizmandu.com

नेपाली सेनामा जागिर खान चाहनेलाई अवसर, पुजारीदेखि हुद्दासम्म २४ पदमा ४६४ जनाको माग

२०७८ भदौ ३१

नेपाली सेनामा  जागिर खान चाहनेलाई अवसर, पुजारीदेखि हुद्दासम्म २४ पदमा ४६४ जनाको माग
नेपाली सेनामा जागिर खान चाहनेलाई अवसर, पुजारीदेखि हुद्दासम्म २४ पदमा ४६४ जनाको माग

काठमाडौं। नेपाली सेनाले विभिन्न २४ प्राविधिक पदमा  ४६४ जनाका लागि भर्ना खुलाएको छ। भर्ना छनोट निर्देशनालय,कार्यरथी विभाग जंगी अड्डाले बिहीबार एक सुचना निकालेर एयर ट्राफिक कन्ट्रोलरदेखि पुजारी हुद्धासम्मका लागि भर्ना खुलाएको हो।

Tata
GBIME

इच्छुक योग्यता पुग्ने आवेदकले असोज ३१ गतेसम्म रितपूर्वक निवेदन दिन सक्नेछ। दोब्बर दस्तुरसहित सातदिनभित्र कार्यालय समयमा आवेदन दिन सकिनेछ। असोज ३१ गतेसम्म १८ बर्ष पुरा भइ २५ बर्ष ननाघेको इच्छुकले आवेदन दिन सक्नेछन्।

नेपाली सेनामा कार्यरत योग्यता पुगेका सैनिक व्यक्तिहरुले ३५ बर्ष उमेर पुरा नभएसम्म बढीमा ३ पटक आवेदन दिन सक्ने उल्लेख छ।