BIZMANDU
www.bizmandu.com

एफएनसीसीआई वरिष्ठ उपाध्यक्षले भने-‘अर्थतन्त्र पुनरूत्थानमा निजी क्षेत्रले अगुवाइ गर्नुपर्छ’

२०७८ भदौ ३०

एफएनसीसीआई वरिष्ठ उपाध्यक्षले भने-‘अर्थतन्त्र पुनरूत्थानमा निजी क्षेत्रले अगुवाइ गर्नुपर्छ’
एफएनसीसीआई वरिष्ठ उपाध्यक्षले भने-‘अर्थतन्त्र पुनरूत्थानमा निजी क्षेत्रले अगुवाइ गर्नुपर्छ’

विराटनगर। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिडले थङथिलो बनाएको अर्थतन्त्रलाई पुरानै लयमा फर्काउन अत्यावश्यक भएको बताएका छन्।

Tata
GBIME
Nepal Life

वरिष्ठ उपाध्यक्ष ढकालले मोरङको उर्लाबारी नगरपालिकास्थित उर्लाबारी उद्योग वाणिज्य संघको ३३ औँ साधारण सभाको उद्घाटन समारोहमा अर्थतन्त्रलाई पुरानै लयमा फर्काउनुपर्ने बताएका हुन्।

‘नेपालको मात्र होइन विश्व अर्थतन्त्र नै यति बेला अस्तव्यस्त अवस्थामा छ’, ढकालले भने, ‘यसलाई पुनरूत्थान गर्नुपरेको छ। यसका लागि सरकारका सहयोग र समर्थनमा निजी क्षेत्रले आर्थिक पुनरूत्थानको अगुवाइ गर्नुपरेको छ।’

उनले उद्योग वाणिज्य संघका सदस्यलाई लक्षित गर्दै अवस्था विकराल भए पनि निराशाजनक नरहेको जिकिर गरे। ढकालको भनाइ थियो, ‘हामी सबै निष्ठापूर्वक क्रियाशील हुने हो भने भविष्य अँध्यारो छैन। महासङ्घ तपाईंरूलाई हर कदममा साथ दिन तयार छ।’

उनले उर्लाबारीमा करदाता सेवा कार्यालयको स्थापना गर्न महासङ्घले भूमिका गर्ने आश्वासन दिए। ढकालले उर्लाबारी नगरपालिकाले स्थानीय उद्योग वाणिज्य संघको अनुरोधमा घरबहाल करलाई १० बाट घटाएर ५ प्रतिशत बनाएकोमा धन्यवाद प्रकट गरे।