BIZMANDU
www.bizmandu.com

उच्च दरले सुन आयात भएर शोधनान्तर दबाबमा परेका बेला ब्यवसायीले मागे दैनिक ४० किलोको कोटा

२०७८ भदौ ३०

उच्च दरले सुन आयात भएर शोधनान्तर दबाबमा परेका बेला ब्यवसायीले मागे दैनिक ४० किलोको कोटा
उच्च दरले सुन आयात भएर शोधनान्तर दबाबमा परेका बेला ब्यवसायीले मागे दैनिक ४० किलोको कोटा

काठमाडौं। सुनको अचाक्ली आयात भएर शोधनान्तरमै दबाब परिरहेका बेला सुन ब्यवसायीले भने कोटा बढाउन दौडधुप थालेका छन्। गत चैतमा १० किलोको कोटालाई २० किलो पुर्याएको राष्ट्र बैंकलाई उनीहरुले यो पनि अपुग भएको भन्दै बढाउन माग गरेका छन्।

Tata
GBIME
Nepal Life

जबकी चालु बर्ष डेढ महिनामै ९ अर्ब ७४ करोड रुपैयाँको सुन आयात भइसकेको छ। यही अनुपातमा आयात गर्न दिने हो भने बर्ष दिनमा ७९ अर्बको आयात हुने छ। तर ब्यवसायीले भने यसलाई पनि अपुग  भन्दै बुधबार राष्ट्र बैकका अधिकारीहरुलाई भेट्दै बढाउन माग गरेका छन्।

बजारमा कच्चा सुनको कमी आएको भन्दै सुनचाँदी ब्यवासयीहरुले आपूर्ति ब्यवस्था बढाउन माग गरेका हुन्। नेपाल सुनचाँदी ब्यवासायी महासंघको प्रतिनिधिमण्डलले बुधबार नेपाल राष्ट्र बैंक पुगेर आपूर्ति बढाउन आग्रह  गरेको हो । 

महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले राष्ट्र बैंकको विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रामु पौडेल समक्ष भेटगरी सुन अभावको बारेमा जानकारी गराउँदै सुनचाँदी ब्यवसायमा देखिएका अन्य बिषयवस्तुहरुको समते जानकारी गराएका थिए। 

यो पनि पढ्नुस्: डेढ महिनामा ९ अर्ब ७४ करोड रुपैयाँको सुन आयात, यही अनुपातमा भए बर्षमा ७९ अर्बको आयात

त्यसक्रममा महासंघका तर्फवाट बजारमा माग र आपूर्तिवीच चरम असन्तुलन रहेको उल्लेख गर्दै तत्काल कच्चा सुनको आपूर्ति ब्यवस्था बढाउन आगह गरिएको महासंघका अध्यक्ष माणिक रत्न शाक्यले बताए। उनले चाडवाडको समयमा दैनिक ३५ देखि ४० किलोसम्म र अन्य सामान्य समयमा दैनिक २५ देखि ३० किलो सुनको माग गरेका छन्।