BIZMANDU
www.bizmandu.com

विद्युत प्राधिकरणको नयाँ महसुल प्रस्ताव, आयोगले माग्यो ग्राहकसँग सुझाव, एम्पियरको कति पर्छ?

२०७८ भदौ ३०

विद्युत प्राधिकरणको नयाँ महसुल प्रस्ताव, आयोगले माग्यो ग्राहकसँग सुझाव, एम्पियरको कति पर्छ?
विद्युत प्राधिकरणको नयाँ महसुल प्रस्ताव, आयोगले माग्यो ग्राहकसँग सुझाव, एम्पियरको कति पर्छ?

काठमाडौं। नेपाल  विद्युत प्राधिकरणले उपभोक्ता विद्युतीय महसुल समायोजनका लागि विद्युत नियमन आयोगमा प्रस्ताव गरेको छ।

Tata
GBIME
Nepal Life

विद्युत नियमन आयोगले एक सार्वजनिक सूचना निकालेर प्राधिकरणको उक्त प्रस्तावमा सरोकारवाला निकायहरुसँग असोज १४ गते बिहीबार  राय, सल्लाह सुझाव लिने भएको छ। 

प्राधिकरणसँग ४९ लाख २४  हजार रहेका छन्। जसले वार्षिक ९ अर्ब ४१ करोड १० लाख युनिट खपत हुने गरेको छ। ग्राहर्स्थ वर्गका लागि  सिंगल भोल्टेजमा ५, १५, ३० , ६० एम्पियरका लागि छुट्टा छुट्टै शुल्क तोकेर प्रस्ताव गरिएको छ।

५ एम्पियरका लागि  ११ देखि २० किलोवाट (घण्टा) खपत गर्ने ग्राहकहरुको इनर्जी शुल्क ३ रुपैयाबाट शुन्यमा झारिएको छ। हाल लिइदै आएको ३० रुपैया न्युनतम शुल्क भने यथावत राखिएको छ। १५१ देखि २५० किलोवाट खपत गर्ने ग्राहकका लागि  न्युनतम शुल्क (१२५ रुपैया) यथावत राखिएको छ।  इनर्जी शुल्क ५० पैसा घटाएर ९ रुपैया ५० पैसा बनाइएको छ।४०० किलोवाट भन्दा बढी  खपत गर्ने ग्राहकका लागि न्युनतम शुल्क २५ रुपैया बढाएर २ सय रुपैया पुर्याइएको छ।भने इनर्जी शुल्क  १ रुपैया घटाएर ११ रुपैया प्रस्ताव गरिएको छ। 

१५ एम्पियरमा २५१ देखि ४ सय किलोवाट खपत गर्ने ग्राहकका लागि  न्युनतम शुल्क २५ रुपैया बढाएर २ सय रुपैया पुर्याइएको छ। १५१ देखि २५० किलोवाट खपत गर्नेका लागि इनर्जी शुल्क ५० पैसा घटाएर ९ रुपैया ८५ पैसा प्रस्ताव गरिएको छ। ४ सय किलोवाटभन्दा बढी खपत गर्नेका लागि  न्युनतम शुल्क २५ रुपैया बढाएर २२५ रुपैया बनाइएको छ भने इनर्जी शुल्क १ रुपैया घटाएर ११ रुपैया बनाइएको छ।

३० एम्पियरका लागि १५१ देखि २५० किलोवाट खपत गर्दा तिर्नुपर्ने इनर्जी शुल्क ५० पैसा घटाएर ९ रुपैया ५० पैसा बनाइएको छ। २५१ देखि ४ सय किलोवाटका लागि न्युनतम शुल्क २५ रुपैया बढाएर २२५ रुपैया बनाइएको छ। ४ सय किलोवाट माथि खपत गर्नेका  लागि न्युनतम शुल्क २५ रुपैया बढाएर २५० रुपैया बनाइएको छ। भने इनर्जी शुल्क १ रुपैया घटाएर  ११ रुपैया बनाइएको छ।

६० एम्पियरका लागि १५१ देखि २५० किलोवाट खपत गर्नेहरुका लागि इनर्जी शुल्क ५० पैसा घटाएर ९ रुपैया ५० पैसा कायम गरिएको छ।२५१ देखि ४ सय किलोवाट खपत गर्नेहरुका लागि न्युनतम शुल्क २५ रुपैया बढाएर २७५ रुपैया पुर्याइएको छ।