BIZMANDU
www.bizmandu.com

सेप्टेम्बर तेस्रो साता भारतीय बजारमा सार्वजनिक हुँदै एमजी एस्टोर, एडीएस भएको पहिलो एसयुभी

२०७८ भदौ २९

भारतमा आउँदो सेप्टेम्बर तेस्रो साता एमजी एस्टोर सार्वजनिक हुने भएको छ। हुण्डाइको क्रेटा र कियाको सेल्टोससँग प्रतिस्पर्धा गर्ने यो चिनियाँ एसयुभीमा एड्भान्स ड्राइभ एसिस्टेन्ट सिस्टम जडान गरिएको कम्पनीले जनाएको छ।

Tata
GBIME
Nepal Life

एमजीले सार्वजनिक गरेको गाडीको सेग्मेन्ट अन्तर्गत एस्टोर नै एडीएसयुक्त पहिलो एसयुभी रहेको कम्पनीले दाबी गरेको छ।

यो सिस्टम अन्तर्गत चालकले क्रुज कन्ट्रोल, र्वार्ड कोलिजन वार्निङ, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, लेन किपिङ असिस्ट, रियर ड्राइभ एसिस्ट, ब्लाइण्ड स्पट मनिटरिङ लगायतको सुविधा लिन सक्ने कम्पनीले जनाएको छ।

प्यानारोमिक सनरुफ जडान गरिएको गाडीमा एलइडी लाइटिङ, एण्ड्रोइड अटो र एप्पल कारप्ले युक्त १०.१ इन्चको इन्फोटेन्मेन्ट सिस्टम समावेश गरिएको कम्पनीले जनाएको छ।

१.३ लिटर टर्बो र १.५ लिटरको पेट्रोल इन्जिनयुक्त यो गाडीको अग्रिम बुकिङ अक्टोबर अगाडि नै दिने योजना रहेको जनाइएको छ।

एमजीले सार्वजनिक गरेको गाडीको सेग्मेन्ट अन्तर्गत एस्टोर नै एडिएसयुक्त पहिलो एसयुभी रहेको कम्पनीले दाबी गरेको छ।

अल गाइडेड पर्सनल एसिस्टेन्ट फीचर जडान गरिएको गाडीमा चालकले रोबर्टको जस्तै सुविधाको अनुभव लसन सक्ने कम्पनीले जनाएको छ।

गाडीमा समावेश गरिएको आर्टिफिसियल इन्टेलिजेन्समार्फत गाडीभित्र चालकले ह्युमन इमोसन, विकीपिडियाको जानकारी, रियल टाइम ट्राफिक, वेदर, ड्राइभिङ अपडेट्स लिन सक्नेछन्।

गाडीमा एलइडी लाइटिङ, पावर्ड ड्राइभर सिट, पानारोमिक सनरुफ,रेन सेन्सिङ वाइपर्स, ३६० डिग्रीको क्यामरा लगायतको सुविधा जडान गरिएको छ।

दुईवटा पेट्रोल इन्जिन अप्सन राखिएको गाडीमा १.३ लिटरको तीनवटा सिलिण्डर टर्बो जडान गरिएको छ। जसमा १४० पिएस र २२० एनएम शक्ति वहन क्षमता रहेको छ। यसैगरी १.५ लिटर नेचुरली एस्पिरेटेडयुनिटमा ११० पिएस शक्ति वहन गर्ने क्षमता रहेको छ।

टर्बो पेट्रोल इन्जिनयुक्त गाडान छ स्पिड म्यानुअल अटोमेटीक गियर समावेश गरिएको छ। भारतीय बजारमा यो गाडीको आधिकारीक मूल्य १० लाख भारतीय रुपैयाँ निर्धारण गरिएको छ।