BIZMANDU
www.bizmandu.com

सेयर बजारमा दुई महिनापछि पाँच अर्बमा झर्‍यो कारोबार रकम, १८ अंक घटेको बजारमा सबै समूह राताम्मे

२०७८ भदौ २९

सेयर बजारमा दुई महिनापछि पाँच अर्बमा झर्‍यो कारोबार रकम, १८ अंक घटेको बजारमा सबै समूह राताम्मे
सेयर बजारमा दुई महिनापछि पाँच अर्बमा झर्‍यो कारोबार रकम, १८ अंक घटेको बजारमा सबै समूह राताम्मे

काठमाडौं। मंगलबार सेयर बजारमा दुई महिना यताकै न्युन सेयर कारोबार भएको छ। दुई महिना अघि आजकै दिन पाँच अर्ब पाँच करोड रुपैयाँको सेयर कारोबार भएकोमा मंगलबार पाँच अर्ब १९ करोड रुपैयाँको मात्रै सेयर किनबेच भएको छ।

Tata
GBIME
Nepal Life

कारोबार रकम घट्दा सूचक समेत दोहोरो अंकले घटेको छ। एक समय ३० अंकले घटेको बजार अन्तिम २ मिनेटमा १२ अंकको फुर्को तानेपछि १८ अंकले घट्दै २९२९ बिन्दुमा बन्द भएको छ।

२२२ कम्पनीको एक करोड ६ लाख कित्ता सेयर ६० हजार पटक किनबेच हुँदा ४९ कम्पनीको मात्रै मूल्य बढेको छ। बाँकी सबै कम्पनीको सेयर मूल्य घटेको छ। मूल्य बढ्नेमा मनकामना स्मार्ट लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढेको छ। 

मूल्य घट्नेमा राष्ट्रिय बीमा कम्पनीको सर्वाधिक ५ प्रतिशत मूल्य घटेको छ। लाइफ इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्सको मूल्य ३/३ प्रतिशत घटेको छ।

अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक २७ करोड रुपैयाँको कारोबार हुँदा रैराङ हाइड्रोपावर र युनाइटेड मोदीको समान २२ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

एनआइसी एसिया लघुवित्तको १५ करोड र नेशनल हाइड्रोपावरको ११ करोड रुपैयाँको कारोबार भएको छ।

सबै समूह राताम्मे भएको बजारमा सबैभन्दा धेरै निर्जीवन बीमा समूह २७७ अंक र जीवन बीमा समूह १४४ अंकले घटेको छ।