BIZMANDU
www.bizmandu.com

ई-स्कुटर उत्पादक भारतीय कम्पनी ओलाले तामिलनाडूमा फ्याक्ट्री खोल्दै, १० हजार महिलालाई रोजगारी

२०७८ भदौ २९

ई-स्कुटर उत्पादक भारतीय कम्पनी ओलाले तामिलनाडूमा फ्याक्ट्री खोल्दै, १० हजार महिलालाई रोजगारी
ई-स्कुटर उत्पादक भारतीय कम्पनी ओलाले तामिलनाडूमा फ्याक्ट्री खोल्दै, १० हजार महिलालाई रोजगारी

भारतीय विद्युतीय स्कुटर उत्पादक कम्पनी ओलाले तामिलनाडूमा फ्याक्ट्री स्थापना गर्न लागेको छ। कम्पनीले  उक्त फ्याक्ट्रीमा १० हजार महिलाहरुलाई रोजगारी दिइ परिचालन गर्ने निर्णय समेत गरेको छ। 

Tata
GBIME
Nepal Life

सोमबार एक कार्यक्रममा कम्पनीका अध्यक्ष भविष अग्रवालले महिला जनशक्तिमार्फत आफ्नो उद्योग संचालनमा ल्याउने घोषणा गरेका हुन्। यो उद्योग माहिलाहरुबाट मात्र संचालन हुने विश्वकै पहिलो  उद्योग बन्ने अध्यक्ष अग्रवालले दाबी गरेका छन्।

'आत्मनिर्भर भारत आत्मनिर्भर भारतीय नारी' नारा दिइएको यो पहिलो परियोजना हो। यो परियोजनाले महिलाका लागि आर्थिक अवसर हुनेछ। हामीले महिलाको क्षमता विस्तारका लागि क्रमिक रुपमा लगानी गर्दै आएका छौँ। फ्युचर फ्याक्ट्रीमा अब सबै उत्पादन महिलाले गर्नेछन्।' अध्यक्ष अग्रवालले भने।

पाँच सय हेक्टरमा फैलिएको उक्त फ्याक्ट्रीबाट सुरुमा वार्षिक १० लाख स्कुटर उत्पादन हुने र पछि गएर वार्षिक २० लाख स्कुटर उत्पादन गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ।

यो फ्याक्ट्री पूर्ण संचालनमा आएसँगै यसबाट वार्षिक एक करोड स्कुटर उत्पादन हुने बताइएको छ।  पाँच सय हेक्टर क्षेत्रफलमध्ये एक सय हेक्टर क्षेत्रफलको जग्गामा  कार्वन उत्सर्जनलाई न्यूनिकरण गर्नका लागि वृक्षारोपण गरिने कम्पनीले जनाएको छ।

'विश्वकै विद्युतीय स्कुटर उत्पादन हब सिर्जना गर्ने उद्देश्यले हामीले यो प्लान्ट ल्याउन लागेका हौँ। यसमार्फत हामीले दक्ष जनशक्ति उत्पादनसँगै रोजगार सिर्जना गर्ने उद्देश्य लिएका छौँ।' उनले भने।

गत अगस्ट १५ तारखमा यो कम्पनीले ओला एस वन अन्तर्गत दुईवटा भेरियन्ट्सको विद्युतीय स्कुटर सार्वजनिक गरिसकेको छ। यो स्कुटरको सुरुवाती भारतीय बजार मूल्य एक लाख भारतीय रुपैयाँ रहेको छ। गत साता आफ्नो आधिकारीक वेसाइटमा प्राविधीक समस्या आएसँगै कम्पनीले आफ्नो बिक्री बन्द गरेको जनाएको छ। आउँदो सेप्टेम्बर १५ तारिखमा कम्पनीले आफ्नो बिक्री पुनः सुरु गर्ने जनाएको छ।