BIZMANDU
www.bizmandu.com

सजिलो पेको महिलालक्षित अफर असोज ४ सम्म चल्ने, स्मार्टफोन र १० जनाले १ हजार जित्ने मौका

२०७८ भदौ २९

काठमाडौं। सजिलो पे ले महिलाहरुको लागि आकर्षक अफर ल्याएको छ।

Tata
GBIME

तीज पर्वमा सुरु भएको यो अफर तीज सकिएपनि आगामी असोज ४ गतेसम्म रहने कम्पनीले जानकारी दिएको छ।

तीजसकिएपनि यसको रौनक कायमै रहेको भन्दै कम्पनीले एक जनालाई स्मार्टफोन र १० जनालाई एक हजार रुपैयाँ पुरस्कार दिने जनाएको छ।

यो योजनामा सहभागी हुन महिलाहरुले तीजको फोटो छ अपलोड गर्नुपर्नेछ। आफ्नो तीजमा खिचिएको तस्बिर पोस्ट गरी पाँचजना साथीलाई ट्याग गरी १५ जना साथीलाई सजिलो पेको फेसबूक पेज लाइक गर्न अनुरोध गर्नुपर्ने कम्पनीले जानकारी दिएको छ।

सजिलो पे नेपाल राष्ट्र बैंक बाट अनुमती प्राप्त भुक्तानी सेवा प्रदायक संस्था हो । यो संस्थाले बिगत केही समय देखी मिति देखी आफ्नो सेवा संचालनमा ल्याएको जनाएको छ।