BIZMANDU
www.bizmandu.com

गुण एयरलाइन्सले असोज १ गतेदेखि नियमित उडान सुरु गर्ने, टिकट बुकिङ खुल्यो

२०७८ भदौ २९

गुण एयरलाइन्सले असोज १ गतेदेखि नियमित उडान सुरु गर्ने, टिकट बुकिङ खुल्यो
गुण एयरलाइन्सले असोज १ गतेदेखि नियमित उडान सुरु गर्ने, टिकट बुकिङ खुल्यो

काठमाडौं। निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले आगामी असोज १ गतेदेखि आफ्नो नियमित उडान सुरु गर्ने भएको छ। कम्पनीले सुरुमा आफूसँग भएको दुईवटा विचक्राफ्ट जहाजमार्फत उडान सुरु गर्न लागेको कम्पनीका प्रवक्ता प्रज्वल थापाले बताए। कम्पनीले सुरुमा पोखरा र भरतपुर उडान गर्न लागेको प्रवक्ता थापाले जानकारी दिए।

Tata
GBIME
Nepal Life

कम्पनीले आजबाटै टिकट बुकिङ खुला सुरु गरेको उनले जानकारी दिए।

असोजको दोस्रो सातादेखि कम्पनीले हालै खरिद गरिएको पाँचवटा जेटस्ट्रिम जहाजमार्फत नियमीत उडान सुरु गर्ने तयारी रहेको उनले बताए।

'जेटस्ट्रिममार्फत उडान अनुमति प्रकृया अन्तिम चरणमा रहेको छ। जेटस्ट्रिम उडान संचालन अनुमति पाएसँगै हामी सातैवटा जहाजमार्फत विराटनगर, भैरहवा, नेपालगञ्ज, सुरखेत, जनकपुर, सिमरा र तुम्लिङटार तर्फ नियमीत उडान गर्नेछौँ।' प्रवक्ता थापाले भने।

यतीसँग खरिद गरेको पाँचवटा जहाज प्राप्ति गरेसँगै कम्पनीसँग भएको दुईवटा बिचक्राफ्टसहित जहाज संख्या सात पुगेको छ। कम्पनीले दुई वर्षभित्र नौवटा जहाजमार्फत सेवा दिने व्यवसायिक योजना बनाएको छ। कम्पनीले थप दुईवटा ट्विनअटर सिरिजका जहाज थप्ने योजना बनाएको छ।