BIZMANDU
www.bizmandu.com

विकास बैंकहरु पनि ऋण बिस्तारमा आक्रामक, निक्षेप ७३ करोडले बढाएर ऋण ३ अर्ब १५ करोड बिस्तार

२०७८ भदौ २९

विकास बैंकहरु पनि ऋण बिस्तारमा आक्रामक, निक्षेप ७३ करोडले बढाएर ऋण ३ अर्ब १५ करोड बिस्तार
विकास बैंकहरु पनि ऋण बिस्तारमा आक्रामक, निक्षेप ७३ करोडले बढाएर ऋण ३ अर्ब १५ करोड बिस्तार

काठमाडौं। राष्ट्रियस्तरका विकास बैंकहरुले सातामै ९८ करोड २१ लाख रुपैयाँ निक्षेप बढाएका छन्। उनीहरुले २ अर्ब ८९ करोड १६ लाख रुपैयाँले ऋण बढाएका छन्। निक्षेपको तुलनामा ऋण बिस्तार उच्च छ।

Tata
GBIME
Nepal Life

बिकास बैंकहरुको कुल निक्षेप ४ खर्ब १७ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ भने ऋण ३ खर्ब ६८ अर्ब ८० करोड रुपैयाँ पुगेको छ। यो तथ्यांक भदौ २५ गतेसम्मको हो।

क्षेत्रीयस्तरका विकास बैंकहरुको निक्षेप भने २५ करोड रुपैयाँले घटेर ७१ अर्ब ९१ करोडमा झरेको छ। ऋण भने २५ करोड ८२ लाख रुपैयाँले बढाएर ६७ अर्ब ४३ करोड रुपैयाँ पुर्याएका छन्। क्षेत्रीयस्तरका विकास बैंकहरुको तथ्यांकमा कर्पोरेट, साहारा र साल्पाका तथ्यांक जोडिएको छैन।

अहिले कुल १८ वटा विकास बैंक सञ्चालनमा छन्। यसमध्ये १५ वटाको उपलब्ध तथ्यांक अनुसार कुल निक्षेप ७३ करोड १४ लाख रुपैयाँले बढ्दा कुल ऋण ३ अर्ब १४ करोड ९९ लाख रुपैयाँले बढेको छ। अहिले विकास बैंकहरुसँग कुल निक्षेप ४ खर्ब ८९ अर्ब र कुल ऋण ४ खर्ब ३६ अर्ब रुपैयाँ पुगेको छ।