BIZMANDU
www.bizmandu.com

८६ मेगावाटको साहस उर्जाले साधारण सेयर असोज ६ बाट बेच्दै, ६४ लाख ४० हजार कित्ता बिक्रीमा

२०७८ भदौ २९

८६ मेगावाटको साहस उर्जाले साधारण सेयर असोज ६ बाट बेच्दै, ६४ लाख ४० हजार कित्ता बिक्रीमा
८६ मेगावाटको साहस उर्जाले साधारण सेयर असोज ६ बाट बेच्दै, ६४ लाख ४० हजार कित्ता बिक्रीमा

काठमाडौं। साउनमा प्रभावित जिल्लाका बाशिन्दालाई सेयर जारी गरेको साहस उर्जा लिमिटेडले आम सर्वासाधारणलाई असोज ६ गतेबाट सेयर जारी गर्ने भएको छ। कम्पनीको सेयरमा असोज १० गतेसम्म आवेदन दिन सकिन्छ।

Tata
GBIME
Nepal Life

कम्पनीले १०० रुपैयाँ अंकित दरका ७० लाख कित्ता सेयर जारी गर्न लागेको हो। यसमध्ये  ३ लाख ५० हजार कित्ता सामूहिक लगानी कोष कम्पनीहरुलाई बाँडफाँड गरिने छ। २ लाख १० हजार कित्ता कर्मचारीलाई दिइने छ।

बाँकी रहेको ६४ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरिने छ। सेयरका लागि कम्तिमा १० कित्ता र अधिकतम १० लाख ५० हजार कित्तासम्म आवेदन दिन सकिन्छ।

कम्पनीले सोलुखुम्बुमा परियोजना विकास गरिरहेको छ। कम्पनीले प्रभावितलाई ३५ लाख कित्ता सेयर दिएको थियो। 

कम्पनीले ८६ मेगावाटको परियोजना बनाइरहेको छ। प्रति मेगावाट लागत १३ करोड ७९ लाख रुपैयाँ छ। तुलनात्मक रुपमा यो परियोजना सस्तोमै निर्माण हुन लागेको छ। 

रन अफ रिभर प्रकृतिको परियोजनाको सेयर बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल छ। प्रभावितपछि कम्पनीले आम सर्वसाधारणलाई सेयर बिक्री गर्ने छ।