BIZMANDU
www.bizmandu.com

सेन्ट्रल फाइनान्सलाई पनि भुक्तानी सेवा प्रदायको अनुमति, मोबाइल बैंकिङ एपमार्फत सेवा दिने

२०७८ भदौ २८

सेन्ट्रल फाइनान्सलाई पनि भुक्तानी सेवा प्रदायको अनुमति, मोबाइल बैंकिङ एपमार्फत सेवा दिने
सेन्ट्रल फाइनान्सलाई पनि भुक्तानी सेवा प्रदायको अनुमति, मोबाइल बैंकिङ एपमार्फत सेवा दिने


काठमाडौं। सेन्ट्रल फाईनान्स लिमिटेडले भुक्तानी सेवा प्रदायक सम्बन्धी कार्य गर्न अनुमति पाएको छ। राष्ट्र बैंकले अनुमति दिएको हो। 

Tata
GBIME
Nepal Life

अनुमतिपछि फाईनान्सले आफ्ना बचतकर्ता÷ग्राहकको लागि आफ्नै मोवाईल बैंकिङ्ग एप मार्फत मोवाईल बैंकिङ्ग सेवा सञ्चालन गर्नेछ। ग्राहकले गुगलको प्ले स्टोर तथा एप्पलको एप स्टोरबाट मोवाइल बैंकिङ्ग एप डाउनलोड गर्न सक्नेछन्।

संस्थाले डेबिट कार्ड, एसएमएस बैंकिङ्ग, चेक क्लियरिङ्ग, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स तथा सी–आस्वा जस्ता आधुनिक बैंकिङ्गसेवा प्रदान गर्दै आएको। विभिन्न शाखा कार्यालयहरुमा एटीएम मेसिन पनि संचालन गरीरहेको छ।

चुक्ता पुँजी ८८ करोड १० लाख रहेको संस्थाले ५ अर्ब ७४ करोड  निक्षेप संकलन गरी ४ अर्ब ४७ करोड कर्जा प्रवाह गरेको छ। 

ललितपुरको कुपण्डोलमा संस्थाको आफ्नै कर्पोरेट भवन छ। कम्पनीको १५ वटा शाखा कार्यालय छन्।