BIZMANDU
www.bizmandu.com

४५ अंकले उतारचढाव भएको सेयर बजार अन्त्यमा स्थिर, बुल र बियर दुवै बलियो देखिएन

२०७८ भदौ २८

४५ अंकले उतारचढाव भएको सेयर बजार अन्त्यमा स्थिर, बुल र बियर दुवै बलियो देखिएन
४५ अंकले उतारचढाव भएको सेयर बजार अन्त्यमा स्थिर, बुल र बियर दुवै बलियो देखिएन

काठमाडौं। सोमबार सेयर बजारमा ४५ अंकको उतारचढाव हुनुका बाबजुद अन्त्यमा सूचक स्थिरजस्तै भएर बन्द भएको छ। नियमित कारोबार सत्रको सुरुआती समयमा ३७ अंकले बढेर बजार सूचक २९८४ विन्दुसम्म पुगेको थियो।

Tata
GBIME
Nepal Life

त्यसपछि निरन्तर तलमाथि हुँदै अन्ति दुई मिनेटबाँकी हुँदा बजार चार अंकले ऋणात्मक अवस्थामा थियो। तर सोही अन्तिम २ मिनेटमा ग्राफमा फुर्को माथि तानिँदा ०.२७ अंकले बजार हरियो भएर बन्द भएको छ।  यससँगै आइतबारकै अन्तिम विन्दुकै आसपासमा बजार सूचक अडिएको हो। आइतबार गत बिहीबारको अन्तिम विन्‍दुबाट ७१ अंकभन्दा धेरैले बढ्दै बजार २९४७.४२ मा उक्लिएको थियो।

सोमबार बजार सूचकले न त ठूलो उछालको संकेत गर्यो न उच्च गिरावटको नै। साताको पहिलो कारोबार दिन आइतबार बुल बलियो देखिएको भए पनि आज भने बुल-बियर दुवै प्रवृत्ति दिनभर नै सुस्तजस्तै रह्यो। 

आज कारोबार भएका कुल २२६ कम्पनीमध्ये ७६ वटा कम्पनीको मात्रै सेयर मूल्य बढ्यो। मूल्य स्थिर रहेका सात कम्पनीबाहेक घट्ने अन्यमा तीनवटाको मूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ, जसमा अजोड इन्स्योरेन्स सहित नेप्सेमा सूचीकरणदेखि नै लगातार मूल‍्य बढिरहेका मनकामना स्मार्ट लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्स रहेका छन्। 

मूल्य घटेका १०२ कम्पनीमध्ये सर्वाधिक गुमाउनेमा जलविद्युत समूहका कम्पनीहरुको वर्चस्व रहेको छ। त्यसमा कालिका पावरको सेयर मूल्य ६ प्रतिशतले घट्दा रैराङ, ग्रीन लाइफ, युनिभर्सल पावर र माउन्टेन हाइड्रोको सेयर मूल्य समान पाँच प्रतिशतले घटेको छ।