BIZMANDU
www.bizmandu.com

माछापुच्छ्रे बैंकले अनलाइनबाट डिम्याट खाता खोल्न सकिने सुविधा ल्यायो

२०७८ भदौ २८

माछापुच्छ्रे बैंकले अनलाइनबाट डिम्याट खाता खोल्न सकिने सुविधा ल्यायो
माछापुच्छ्रे बैंकले अनलाइनबाट डिम्याट खाता खोल्न सकिने सुविधा ल्यायो

काठमाडौं। माछापुच्छ्रे बैंकले  अनलाइनमार्फत डिम्याट खाता खोल्न सकिने सुविधा संचालनमा ल्याएको छ। बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै ग्राहकले जुनसुकै स्थानबाट बैंकनै नगई आवेदन दिन मिल्ने गरी  डिम्याट खाता खोल्ने सुविधा ल्याएको हो।

Tata
GBIME
Nepal Life

बैंकको वेबसाइट https://www.machbank.com/demat/ प्रयोग गरेर सहजै अनलाइनबाट डिम्याट खाता खोल्न सक्ने विज्ञप्तिमा उल्लेख छ।

माछापुच्छ्रे बैंकमा खाता हुनेले बैंकमा नगइ सिधै डिम्याट खाता नम्बर प्राप्त गर्ने जनाइएको छ। खाता नहुनेले अनलाइनबाट सबै प्रक्रिया पूरा गरेपछि परिचय खुल्ने कागजात लिएर डिम्याट खाता नम्बर पाउने बैंकले जनाएको छ।