BIZMANDU
www.bizmandu.com

निसान लिफ टेस्ट ड्राइभका लागि काठमाडौंका शोरुममा उपलब्ध, गाडीको मूल्य ५९.९९ लाख

२०७८ भदौ २८

निसान लिफ टेस्ट ड्राइभका लागि काठमाडौंका शोरुममा उपलब्ध, गाडीको मूल्य ५९.९९ लाख
निसान लिफ टेस्ट ड्राइभका लागि काठमाडौंका शोरुममा उपलब्ध, गाडीको मूल्य ५९.९९ लाख



काठमाडौं। निसानले उत्पादन गरेको विद्युतीय गाडी 'निसान लिफ’ काठमाडौंमा टेस्ट ड्राइभका लागि उपलब्ध भएको छ। नेपालमा निसान तथा ड्याट्सन् गाडीको आधिकारिक बिक्रेता पायोनीयर मोटो कर्पले निसान लिफको टेस्ट ड्राइभका लागि भदौ २८ देखि असोज ४ सम्म निसान लिफ टेस्ट ड्राइभ सप्ताह संचालन गर्ने जनाएको छ। 

Tata
GBIME
Nepal Life

इच्छुक ग्राहकहरुले टेस्ट ड्राइभ गरी विभिन्न उपहार जित्न सक्ने कम्पनीले जनाएको छ। उक्त सप्ताहमा एक्सचेन्ज, मूल्यांकन तथा वित्तीय सुविधा पनि उपलब्ध हुने बताइएको छ। कम्पनीको थापाथली र उत्तर ढोकामा रहेको शोरुममा बिहान १० बजेदेखि सुरु हुने कम्पनीले जनाएको छ।

निसानले वातावरणमैत्री सवारी साधनलाई नेपाल भित्र्याएकोमा सराहनीय कदमका रुपमा प्रतिक्रिया पाइरहेको बताएको छ। निसानले यो गाडी नेपाल भित्र्याउनु अघि नै विश्वभर १० बर्षभन्दा बढी परीक्षण गरिसकेको छ। उक्त अवधिमा विश्वभर पाँच लाखभन्दा बढी युनिट निसान लिफ बिक्री भइसकेको र १२ अर्ब किलोमिटरको यात्रा तय गरिसकेको कम्पनीले जनाएको छ।

निसान लिफ नेपालमा विभिन्न ११ रङहरुमा उपलब्ध छन्। गाडीमा रहेको चार ड्राइभिङ मोड तथा विश्वस्तरीय सुरक्षा मापदण्डहरु (एबीएस, इबीडी तथा बीए) का कारण सुरक्षित रहेको जनाएको छ।  कम्पनीका अनुसार गाडीमा जडान भएका सुरक्षा मापदण्ड उच्च रहेका कारण विश्वभर नै  निसान लिफ गाडी दुर्घटना भएर हालसम्म कुनै पनि मानवीय क्षति भोग्नुपरेको छैन।  

कम्पनीले गाडीको ब्याट्रीमा आठ बर्षको वारेण्टी दिने जनाएको छ। ४० किलोवाट आवर ब्याट्रीको साथमा उपलब्ध रहेको निसान लिफले तीन सय ११ किमीसम्मको दूरी तय गर्न सक्ने बताइएको छ।

गाडीमा रहेको इलेक्ट्रिक मोटरले एक सय ५० पीएस र तीय सय २० एनएम टोर्क प्रदान गर्ने कम्पनीले जनाएको छ। निसान लिफ ० देखि १०० किमी प्रति घण्टा ७.५ सेकेन्डमा कुद्न सक्ने र गाडीको अधिकतम गति १४० किमी प्रति घण्टा रहेको बताइएको छ। कम्पनीले निसान लिफको मूल्य ५९.९९ लाख रुपैयाँ तोकेको छ।