BIZMANDU
www.bizmandu.com

होटल-रिसोर्टलाई १० वटासम्म गाडी ल्याउँदा १% मात्र भन्सार शुल्क लाग्ने, लगानी अनुसार छुट

२०७८ भदौ २८

होटल-रिसोर्टलाई १० वटासम्म गाडी ल्याउँदा १% मात्र भन्सार शुल्क लाग्ने, लगानी अनुसार छुट
होटल-रिसोर्टलाई १० वटासम्म गाडी ल्याउँदा १% मात्र भन्सार शुल्क लाग्ने, लगानी अनुसार छुट

काठमाडौं। सरकारले निर्माणाधिन होटललाई एक प्रतिशत भन्सार शुल्कमै गाडी किन्न दिने भएको छ। सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको बजेटबाट गाडी आयातमा छुट दिएको हो।

Tata
GBIME
Nepal Life

यो छुट लगानीका आधारमा उपलब्ध गराइने छ। पर्यटन मन्त्रालयले सिफारिस गरेपछि १० वटा गाडीसम्म एक प्रतिशत भन्सार शुल्कमा आयात गर्न सकिन्छ।

२०८२ सालसम्म सञ्चालनमा आउने गरी निर्माणाधिन होटेल तथा रिसोर्टलाई लगानीका आधारमा छुट दिइने छ। एक अर्ब रुपैयाँदेखि २ अर्ब रुपैयाँसम्म लगानी गरेका होटेल तथा रिसोर्टलाई २ वटा सवारी किन्दा भन्सार एक प्रतिशत मात्र लाग्छ।

दुई अर्बदेखि पाँच अर्ब रुपैयाँसम्म लगानी भएका होटल तथा रिसोर्टलाई  ५ वटा सवारी साधन एक प्रतिशत भन्सार शुल्कमै ल्याउन पाउने छुट दिइएको छ। पाँच अर्बभन्दा बढी लगानी भएको अवस्थामा १० वटासम्म आयात गर्न दिइन्छ।

आर्थिक ऐनले कति सीसीको गाडी, कति डलरसम्मको गाडी आयात गर्न भन्सार छुट दिने भनेर केही पनि खुलाएको छैन। यसरी ल्याइएका गाडीहरु हरियो प्लेटमा भने कुदाउनु पर्छ।