BIZMANDU
www.bizmandu.com

भाइबरले नेपाली प्रयोगकर्ताहरुका लागि सुरु गर्‍यो ‘भाइबर लेन्स’, कोकाकोलाको लेन्स पनि समेटियो

२०७८ भदौ २७

भाइबरले नेपाली प्रयोगकर्ताहरुका लागि सुरु गर्‍यो ‘भाइबर लेन्स’, कोकाकोलाको लेन्स पनि समेटियो
भाइबरले नेपाली प्रयोगकर्ताहरुका लागि सुरु गर्‍यो ‘भाइबर लेन्स’, कोकाकोलाको लेन्स पनि समेटियो


काठमाडौं। भाइबरले नेपाली प्रयोगकर्ताहरुका निम्ति बहुप्रतिक्षित भाइबर लेन्स फिचर सुरु गरेको छ। भाइबरले नेपालसहित भियतनाम र फिलिपिन्ससहितका क्षेत्रमा पहिलो पटक यो फिचर सुरु गरेको हो।

Tata
GBIME
Nepal Life

भाइबर लेन्स फिचर स्न्याप आइएनसीको सहकार्य तथा स्न्यापको क्यामरा किट, क्रियटिभ किट र अनुकुलन–योग्य बिटमोजीलाई भाइबर एपमा एकीकरण गरी तयार गरेको कम्पनीले जनाएको छ। यो फिचरबाट प्रयोगकर्ताहरुले एआरद्वारा पावर गरिएको फोटो र भिडियो मेसेजहरुमार्फत संवादहरु गर्न सक्ने बताइएको छ। 

भाइबरका २० विभिन्न लेन्सहरु समावेश भएको कम्पनीले जनाएको छ। उक्त लेन्समा गायक तथा गीतकार स्वप्न सुमन र कोकाकोलाका लेन्सहरु समावेश गरिएका छन्। कम्पनीले कम्तीमा २० वटा लेन्सहरु हरेक महिना थप्दै लाने योजना बनाएको छ। 

व्यापारिक संस्थानहरुले भाइबरमा आफ्ना मौलिक लेन्सहरु समेत सिर्जना गर्न सक्ने बताइएको छ। नेपालमा भाइबर लेन्सहरु आइओएस (भाइबर भर्सन १५.५.५ देखि माथिका) मा र एन्ड्रोइड (भाइबर भर्सन १५.८.०.१५ देखि माथिका) मा उपलब्ध हुने भाइबरले जनाएको छ। 

'कोकाकोला र भाइबरले हात मिलाएर अद्वितीय, रमाइलो र प्रासंगिक लेन्सहरु ल्याउँदै छन्। जसले कोकाकोलाले झैं भाइबर प्रयोगकर्ताहरुको लागि उत्साह ल्याउने छ र सबैको कुराकानी ताजा गर्नेछ,' नेपाल र भुटानका लागि कोकाकोलाका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने। 

'भाइबरका लागि नेपाल एक महत्वपूर्ण बजार हो', एपेक राष्ट्रका लागि भाइबरका वरिष्ठ निर्देशक डेबिड त्सेले भने,'हामीले नेपालमा धेरै सहकार्यहरु गरेका छौँ र अरु धेरै नवीन फिचरहरु ल्याएर भाइबरलाई अझ धेरै रमाइलो र नेपाली प्रयोगकर्ताहरुका लागि उपयोगी बनाउन हामी उत्सुक छौं।'