BIZMANDU
www.bizmandu.com

नाडा द्वारा ट्राफिक जनचेतना सम्बन्धि सामाग्री ट्राफिक प्रहरीलाई हस्तान्तरण

२०७८ भदौ २६

नाडा द्वारा ट्राफिक जनचेतना सम्बन्धि सामाग्री ट्राफिक प्रहरीलाई हस्तान्तरण
नाडा द्वारा ट्राफिक जनचेतना सम्बन्धि सामाग्री ट्राफिक प्रहरीलाई हस्तान्तरण

काठमाडौं। नाडा अटो मोवाइल्स एसोसियसनले ट्राफिक प्रहरीलाई ट्राफिक जनचेतना सम्बन्धि सामग्री हस्तान्तरण गरेको छ। त्रिपुरेश्वर स्थित ट्राफिक चोकमा औपचारिक कार्यक्रम गर्दै नाडाले जनचेतनामुलक सामाग्री हस्तान्तरण गरेको हो।

Tata
GBIME

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरिक्षक संञ्जिव शर्मालाई नो हर्न स्टिकर १० हजार थान, मास्क पाँच हजार थान, तपाईंको मास्क खोइ? र ट्राफिक नियम पालना गरौ भन्ने ब्यानर २/२ सय थान सामाग्री हस्तान्तरण गरेका हुन्।

उक्त अवसरमा सो जनचेतना मूलक स्टिकर तथा पर्चाहरु सवारी साधन चालकहरुलाई वितरण समेत गरिएको थियो । नाडाले आफनो सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रमहरु विगतमा पनि सम्पन्न गर्दे आएको जनाएको छ।