BIZMANDU
www.bizmandu.com

लगानीकर्तालाई झुलाएर लागत बढाउनु हुँदैन: अर्थमन्त्री शर्मा, ‘बोर्डका बारेमा सोच्ने बेला भयो’

२०७८ भदौ २३

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले लगानीकर्तालाई झुलाएर लागत बढाउन नहुने बताएका छन्। लगानीकर्ताले समयमै योजना नपाउँदा लागत बढ्ने गरेको भन्दै समयमै प्रक्रिया सक्नुपर्ने उनले बताए।

Tata
GBIME

मन्त्री शर्माले बोर्डको १० औं वार्षिकउत्सवमा बोल्दै लगानी सम्बन्धि धेरै कानुन बनेपनि कार्यान्वयनमा समस्या रहेको बताए। बोर्डले लगानीका लागि सहज वातावरण कसरी बनाउने भन्ने विषयमा सोच्नुपर्ने बेला आएको मन्त्री शर्माले बताए।

उनले भने 'ऐन नियम बनिसकेका छन्, यसलाई कार्यान्वयन गर्न बाँकी छ यो विषयमा हामीले समिक्षा सहित मूल्याङकन गर्नुपर्छ।'