काठमाडौं। नेपाल धितोपत्र बोर्डको संचालकबाट चन्द्रप्रसाद ढकालले राजीनामा गरेका छन्। ढकाल नेपाल उद्योग बाणिज्य महासंघको तर्फबाट बोर्डमा पदेन संचालक हुन्। बरिष्ठ उपाध्यक्ष रहेका ढकालको ठाउँमा महासंघले अर्कै सदस्यलाई मनोनित गरेर पठाउने छ।
ढकालले आफ्ना केही कम्पनी आइपिओ प्रक्रियामा रहेकोले अर्कोलाई प्रतिनिधिको रुपमा बोर्डमा पठाउन महासंघ अध्यक्ष शेखर गोल्छालाई आग्रह गरेका थिए।
महासंघको तर्फबाट सञ्चालकका रुपमा अन्जन श्रेष्ठ जाने छन्। श्रेष्ठ महासंघको बस्तुगत उपाध्यक्ष हुन्। गोल्छाले अन्जनलाई बोर्ड संचालकको रुपमा पठाउनु अघि सोधेका थिए।
अन्जन अहिले देश वाहिर छन्। अन्जनले बोर्डमा जान सहमति जनाइसकेका छन्। अन्जन लक्ष्मी समूहका कार्यकारी निर्देशक हुन्।