BIZMANDU
www.bizmandu.com

सर्वोत्तमको सेयर विवादमा मुछिएका नेप्से सीइओ साउदले दिए राजीनामा, उनीमाथिको छानबिन अब के होला?

२०७८ भदौ ८

सर्वोत्तमको सेयर विवादमा मुछिएका नेप्से सीइओ साउदले दिए राजीनामा, उनीमाथिको छानबिन अब के होला?
सर्वोत्तमको सेयर विवादमा मुछिएका नेप्से सीइओ साउदले दिए राजीनामा, उनीमाथिको छानबिन अब के होला?

काठमाडौं। सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएका नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पदबाट राजीनामा दिएका छन्।

Tata
GBIME
Nepal Life

साउदले नेप्सेको सञ्चालक समितिसमक्ष राजीनामा बुझाएको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताए।

सर्वोत्तम सिमेन्टको सेयरको इन्साइडर ट्रेडिङ प्रकरणमा साउदसँगै धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना पनि मुछिएका थिए। उनले भने अहिलेसम्म राजीनामा दिएका छैनन्।

बुक बिल्डिङ विधिबाट कम्पनीको सेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) को तयारीमा रहेको सर्वोत्तमले नियामक निकाय, बिक्री प्रबन्धक आइएमई क्यापिटलका सञ्चालक र केही ठूला लगानीकर्तालाई १० हजार कित्ताभन्दा धेरै सेयर बिक्री गरेको थियो। यससम्बन्धमा प्रमाणसहित समाचार बाहिरिएपछि अर्थमन्त्रालयले दुवै जनालाई स्पष्टीकरण सोधेको थियो। संसदको अर्थ समितिले पनि दुवै जनालाई बोलाएर प्रष्टीकरण माग गरेको थियो।

नियामक निकायको नेतृत्वमा बस्ने व्यक्तिले आफ्ना परिवारका नाममा समेत सेयर किनबेच गर्न नपाउने कानूनी व्यवस्था छ। योसँगै अर्थ मन्त्रालयले सर्वोत्तमको सेयरको इन्साइडर ड्रेडिङका विषयमा छानबिन गर्न पाँच सदस्यीय समिति समेत गठन गरेको छ। उक्त समितिको अध्ययन अहिले अन्तिम चरणमा रहेको र त्यसको प्रतिवेदन केही दिनमै आउने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन्।

यसकारण साउदले पदबाट राजीनामा दिए पनि अर्थले गठन गरेको समितिको छानबिनको दायराबाट उनी बाहिर हुने छैनन्। प्रतिवेदन आएपछि त्यसले दोषी ठहर्‍याए साउदलाई समेत यसमा कारबाही हुनेछ।