BIZMANDU
www.bizmandu.com

विमानस्थलमा बिहानैदेखि वैदेशिक रोजगारमा जानेको देखियो यस्तो भिड, तस्बिर समाचार

२०७८ भदौ १

मंगलबार बिहानै विमानस्थलमा वैदेशिक रोजगारमा जानेहरुको भिड देखिएको छ। गत वर्ष विदेशमा काम गर्न गएका नेपालीहरुले कुल नौ खर्ब ६१ अर्ब ५ करोड रुपैयाँ रेमिटेन्स पठाएका थिए। अर्थतन्त्रको मुख्य आधार रेमिटेन्स भए पनि वैदेशिक रोजगारीमा गएकाहरुलाई सरकारले विभेदपूर्ण व्यवहार गरिरहेको छ।

Tata
GBIME

सजिलै गरी उनीहरुको काम राज्यका निकायहरुले गरिदिँदैनन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल अन्तर्गत वैदेशिक रोजगारका लागि जाने लाइनमा मानिसहरुको भिड देखिएको हो।

कोभिडका कारण लामो समय रोकिएको अन्तर्राष्ट्रिय उडानहरु शुरु भएसँगै विमानस्थलमा भिड बढ्न थालेको हो।

यसै गरी श्रम गन्तव्य मुलुकहरुको उडान खुल्न थालेसँग विमानस्थलमा भिड बढ्न थालेको बताइएको छ।